९ मंसिर २०८१ आइतबार
image/svg+xml

सर्पको डसाइ समयमै उपचार नगर्दा धेरैको मृत्यु

विषालु सर्पको डसाइपछि समयमै उपचार गर्न अस्पताल नआउँदा मृत्यु हुनेको संख्या बढेको छ । सर्पको डसाइपछि तत्काल अस्पतालमा नआई धामीझाँक्रीसँग अल्झने कारणले उपचारमा समस्या हुने गरेको हो ।

इलाममा सर्पले डसेर शिक्षकको मृत्यु

जिल्लाको देउमाई नगरपालिका–४, क्याबुङका शिक्षक गंगा राईको सर्पको डसाइबाट मृत्यु भएको छ । खेतमा पानी लगाउनेक्रममा सर्पले डसेका स्थानीय लक्ष्मी आधारभूत विद्यालयका शिक्षक राईको उपचारक्रममा आइतबार बिहान साढे ५ बजे मृत्यु भएको हो ।

सर्प पाल्न नपाउँदा ‘एन्टी स्नेक भेनम’ उत्पादन रोकियो

नेपालमा सधैं अभावहुने गरेको सर्पदंशऔषधि (एन्टी स्नेक भेनम)उत्पादनकालागि सरकारी निकायले अनुमतिनदिँदा एक उद्योग अलपत्र परेको छ । सुनसरीको महेन्द्रनगर–४ मा स्थापनागरिएको एन्टी स्नेक भेनम सेरुम रिसर्च एन्ड म्यानुफ्याक्चरिङप्रालिले सरकारी निकायबाट विषालु सर्पले टोकेका बिरामीकालागिऔषधिउत्पादनगर्न आवश्यक सर्प पाल्ने अनुमतिनपाउँदाउद्योग अलपत्र परेको हो ।

मुसा छोप्न प्वालमा हात हाल्दा सर्पले टोकेर मृत्यु

मगरागाढी–३ धोबिया बस्ने १७ बर्षीय अबिसेस चौधरीको सर्पले टोकेर शुक्रबार मृत्यु भएको छ।

सर्पको टोकाईले बालिकाको ज्यान गयो

कोहलपुर-विषालु सर्पको टोकाईबाट शुक्रबार विहान गनापुरमा एक बालिकाको मृत्यु भएको छ। गनापुर–६ स्थित बालाजी कत्था उद्योगमा बस्दै आएकी तीन बर्षीय बालिका ज्योति भण्डारीको मृत्यु भएको हो।

सर्पले डस्दा महिलाको मृत्यु

बर्दिया– विषालु सर्पले डस्दा एक महिलाको सोमबार मृत्यु भएको छ। बर्दिया जिल्ला अस्पतालमा कार्यरत कर्मचारी बासमति थारुको विषालु सर्पको टोकाईबाट मृत्यु भएको हो।

सर्पको टोकाइवाट दुधे बालकको मृत्यु

रौतहट- विषलु सर्पको टोकाईवाट रौतहटमा एकजना दुधे वालकको ज्यान गएको छ। रौतहटको करुनिया गाविस ७ लक्ष्मिनीयाटोलका अब्दुल बारीकको छ महिनाको छोरा अब्दुल रहमानको विषालु सर्प करैतको टोकाइवाट ज्यान गएको हो ।

मुसासँग सर्प पराजित

अठोट गरी संघर्षमा उत्रियो भने आफूभन्दा कैयौँ गुणा बलियो शत्रुलाई पनि पराजित गर्न सकिन्छ भन्ने कुरा एउटा मुसाले प्रमाणित गरिदिएको छ । एउटा सर्पले मुसाको बच्चालाई खान लाग्दा मुसाकी आमा आएर सर्पसँग लडाइँ गरी विजयी भएको भिडियो अहिले सामाजिक सञ्जालतिर भाइरल भइरहेको छ ।

सर्पको टोकाइबाट एकको मृत्यु

सर्पको टोकाइबाट पाल्पामा एक जनाको मृत्यु भएको छ। फाक्सिंकोट–६ मा बस्दै आएकी वर्ष १३ की कल्पना नेपालीको सर्पको डसाईबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

नेपालमै सर्प दंशको औषधि उत्पादन गर्न पहल

इटहरी – सर्प दंशको औषधि एन्टिस्नेक भेनम नेपालमै उत्पादन गर्नका लागि पहल थालिएको छ। सरकारले भारतबाट एन्टिस्नेक भेनम ल्याउने गरेकोमा अब भने नेपालमै उत्पादन गर्नका लागि पहल थालिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्