९ मंसिर २०८१ आइतबार
image/svg+xml

सर्पदंशबारे अन्तर्राष्ट्रिय सम्मेलन हुने

नेपालमा पछिल्लो समय बढ्दै गइरहेको सर्पदंशको समस्या बारे छलफल गर्न उच्चस्तरीय सम्मेलन हुने भएको छ।

सर्पबाट भयभीत दिनहरू

असार लाग्नासाथ काठमाडौं उपत्यका र आसपासका काँठहरूमा रोपाइँको चटारो सुरु हुन्थ्यो। अब ती दिन रहेनन्। उपत्यकाका सहरी क्षेत्रमा रोपाइँ गर्ने जमिनै बाँकी रहेनन्। मानव वस्ती काँठतिर सर्न थालेपछि काँठ पनि विस्तारै घरहरूले भरिन थालेका छन्।

सर्पदंश उत्कर्षको बेला अस्पताल बन्द

उपचारका क्रममा एक बालिकाको मृत्युपश्चात् मृतकका आफन्त एवं स्थानीयले उपकरण तोडफोड गरेपछि तीन दिनदेखि सर्लाहीको नवलपुरस्थित सर्पदंश उपचार केन्द्र बन्द भएको छ। सर्पदंशको बिगबिगी हुने मौसममा जनकपुर र वीरगंजबीचमा एकमात्र सुविधा–सम्पन्न उपचार केन्द्र बन्द हुँदा सर्पदंशपीडित बिरामी उपचारका लागि ढाढा जानुपर्ने बाध्यता सिर्जना भएको छ। समयमा सपंदंशको उपचार नहुँदा बिरामीको मृत्यु हुने जोखिम उच्च बनेको छ।

सर्पदंशको बिगबिगिमा ३ दिनदेखि अस्पताल बन्द

उपचारका क्रममा एक बालिकाको मृत्यु पश्चात मृतकका आफन्त एवं स्थानीयले उपकरण तोडफोड गरेपछि ३ दिनदेखि सर्लाहीको नवलपुर स्थित सर्पदंश उपचार केन्द्र बन्द भएको छ।

चिकित्सकको लापरबाहीले बालिकाको मृत्यु भएको भन्दै अस्पतालमा तोडफोड

सर्पले टोकेपछि अस्पताल पु-याइएकी बालिकाको समयमै उपचार हुन नसक्दा मृत्यु भएपछि आक्रोशित भीडले अस्पताल तोडफोड छ।

सर्पले डसेकी बालिकाको मृत्यु, अस्पताल तोडफोड

बालिकालाई अस्पतालमा ल्याउनेबित्तिकै उपचारमा संलग्न एक मात्र स्वास्थ्यकर्मी जसले मादक पदार्थ सेवन गरेको र अन्य स्वास्थ्यकर्मी बोलाउँदा समयमै नआएकाले मृत्यु भएको भन्दै आफन्त एवम् अन्य स्थानीयले आक्रोश व्यक्त गरेका छन्।

सर्पको बिगबिगी बढ्दै

केही दिनयता जिल्लाको पश्चिमी कटारी नगरपालिकाका विभिन्न वडामा विषालु सर्पको बिगबिगी बढ्दै गएपछि सर्पदंशका घटना पनि बढेका छन्।

तराईमा सर्प डसाइको घटना बढ्यो

गर्मी बढेसँगै तराईमा सर्प डसाइका घटना बढेका छन्। सर्पले डसेर उपचार गर्न आउने बिरामीको संख्या वृद्धि भएको उपचारमा संलग्न स्वास्थ्य संस्थाहरूले जनाएका छन्।

सुदूरपश्चिममा छैनन् सरकारी सर्पदंश उपचार केन्द्र

सुदूरपश्चिम प्रदेशमा सर्पले डसेका बिरामीका लागि उपचार गर्ने सर्पदंश उपचार केन्द्र नहुँदा बर्सेनी यहाँका स्थानीयवासीले अकालमै ज्यान गुमाउन थालेका छन् । यहाँका अस्पतालहरुमा सर्पदंशका बिरामीका लागि आवश्यक पर्ने एण्टी स्नेक भेनम नभएका कारण उपचार हुन नपाउँदा बिरामीको मृत्यु हुन थालेको हो ।

अस्पतालद्वारा बिरामी लिन आनाकानी

सर्पको डसाइबाट गम्भीर बिरामीहरूका लागि अस्पतालले भेन्टिलेटरमा राख्न अस्वीकार गर्ने गरेको छ। विषालु सर्पको टोकाइबाट बिरामी भएकाको उपचारमा अस्पतालले आइसियु सेवा दिन नमान्ने गरेको हो।

सर्पको टोकाइबाट बालकको ज्यान गयो

सर्पको टोकाइबाट एक बालकको ज्यान गएको छ। मंगलवार स्थानीय गढिमाइ नगरपालिका–१ समनपुरका लोरिक सहनिको १२ वर्षिय छोरा बिबेक सहनिको बिषालु गोमन सर्पको टोकाइबाट ज्यान गएको हो।

गर्मीसँगै बढ्यो सर्पदंश

अत्यधिक गर्मीले गर्दा विभिन्न किसिमका सर्प दुलोबाट सतहमा आएको र पानीमा बस्ने सर्प पनि पानी तातो भएपछि बस्न नसकेर जमिनमा आएका कारण सर्पदंशको घटना बढेको हो।

रौतहटमा बढ्यो सर्पदंशका घटना

गर्मी अत्याधिक बढेपछि रौतहटमा सर्पदंशको घटनामा वृद्धि भएको छ। गत दुई महिनामा पाँच सयजना बढीले जिल्ला अस्पताल गौरमा उपचार गराएका थिए। जसले जिल्लामा सर्पदंशको घटनामा वृद्धि भएको देखिएको हो।

मुगुमा सर्पदंशको औषधि अभाव

जिल्ला अस्पताल मुगुमा सर्पदंशको औषधि अभाव भएको छ। सर्पले ड्सेर उपचार गर्न जिल्ला अस्पताल मुगुमा उपचार गर्न आउने बिरामी सर्पदंशको औषधी पाउन सकेका छैनन्।

सर्पले डसेर किशोरीको मृत्यु

सर्पको डसाइबाट एक किशोरीको मृत्यु भएको छ। आज बिहान राजपुर गाउँपालिका–४ मोतिपुरकी १७ वर्षीया प्रमिला यादवलाई सर्पले डस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्