काठमाडौं-९ मा रास्वपाका डोलप्रसाद अर्याल विजयी
काठमाडौं क्षेत्र नम्बर-९ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल फराकिलो मतान्तरसहित विजयी भएका छन्।
काठमाडौं क्षेत्र नम्बर-९ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल फराकिलो मतान्तरसहित विजयी भएका छन्।
दैलेख क्षेत्र नं-१ मा नेपाली कांग्रेसकी उम्मेदवार बासना थापा प्रतिनिधिसभा सदस्यमा विजयी भएकी छन्।
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को पछिल्लो परिणाम अनुसार देशभर रास्वपाको लहर छ। यसबिच नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीले विभिन्न ६ वटा निर्वाचन क्षेत्रमा जित हासिल गरेका छन्।
बाँके क्षेत्र नम्बर-२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार मोहम्मद इश्तियाक राई फराकिलो मतान्तरसहित विजयी भएका छन्।
रुकुम पश्चिमको मतगणनामा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्मा पछाडि परेका छन्।
सबैको चासोको केन्द्र रहेको काठमाडौं क्षेत्र नं. ३ मा रास्वपाका राजुनाथ पाण्डे १८ हजार ७ सय ५७ मतका साथ विजयी भएका छन्। उनले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई पराजित गरेका हुन्। घिसिङले ११ हजार १ सय ७१ मत प्राप्त गरेका थिए।
धनुषा क्षेत्र नम्बर-३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मनिष झा फराकिलो मतान्तरसहित निर्वाचित भएका छन्।
सुनसरी क्षेत्र नम्बर-१ को मतगणनामा श्रम संस्कृति पार्टीका उम्मेदवार हर्क साम्पाङले अग्रता लिएका छन्।
भक्तपुर क्षेत्र नम्बर-२ को प्रतिनिधिसभा निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजीव खत्रीले फराकिलो अग्रता कायम गरेका छन्।
विजयी पौडेलले ३१ हजार ९ सय ११ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रश्मि आचार्यले ७ हजार ४ सय ९३ मत मात्र प्राप्त गरेका छन्। पौडेल र आचार्यबीचको मतान्तर २४ हजार ४ सय १८ रहेको छ।
सर्लाही क्षेत्र नम्बर-४ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहले आफ्नो अग्रता कायमै राखेका छन्।
काठमाडौं क्षेत्र नम्बर-५ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्मित पोखरेल फराकिलो मतान्तरसहित निर्वाचित भएका छन्।
झापा क्षेत्र नम्बर-२ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार इन्दिरा राना मगरले आफ्नो फराकिलो अग्रता कायमै राखेकी छन्।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार थापा १२ हजार ३ सय ७१ मत प्राप्त गर्दै विजयी भएकी हुन्।
नेपाली कम्युनिष्ट पार्टी संयाेजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो दललाई निर्वाचनमा प्राप्त सिट संख्याका आधारमा कमजोर नठान्न चेतावनी दिएका छन्।