नेपाली कम्युनिष्ट पार्टी संयाेजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो दललाई निर्वाचनमा प्राप्त सिट संख्याका आधारमा कमजोर नठान्न चेतावनी दिएका छन्।
रुकुम पश्चिममा विजयीपछि सम्बोधन गर्दै उनले आफू र आफ्नो पार्टीलाई हेप्न खोजे त्यसको परिणाम गम्भीर हुने बताए।
चुनावी नतिजामा नेकपाको सिट संख्या खुम्चिएको विषयलाई लिएर अन्य राजनीतिक दलहरूले आफूलाई पाखा लगाउन खोजेको भन्दै उनले आपत्ति जनाए।
संसदमा गणितीय रूपमा सानो आकार भए पनि राजनीतिक रूपमा आफू अझै शक्तिशाली र निर्णायक रहेको उनको भनाइ छ। ‘थोरै सिट ल्यायो भनेर प्रचण्डलाई हेप्ने दुस्साहस नगरुन् भनेर म खबरदारी गर्न चाहन्छु।’ उनले भने।
प्रचण्डले आफूलाई जंगलको सिंहसँग तुलना गरे। आफू मैदानमा उत्रिएपछि अन्य विपक्षीहरूको अवस्था कमजोर र दयनीय हुने उनले टिप्पणी गरे। उनले थपे, ‘जंगलमा सिंह हिँडिसकेपछि अरुको के हालत हुन्छ, हामी सबैलाई थाहा छ।’
प्रकाशित: २३ फाल्गुन २०८२ ०१:३२ शनिबार





