१४ आश्विन २०८३ बुधबार
image/svg+xml

प्रदेश सरकारले सकेको काम गर्छ : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङमा तत्काल अत्यावश्यक काम गर्ने बताए।

प्रतिनिधिसभामा जलवायु न्यायदेखि बजार नियमनसम्मका माग

सांसदहरुले किसान र मजदुरका समस्या समाधानदेखि वर्षाले क्षति भएका सडक मर्मत गरी नियमित आवतजावतको व्यवस्था गर्नसमेत सरकारको ध्यानाकर्षण गराएका छन्।

दुर्गा प्रसाईंलाई थुनामा राख्नुको कारण पेस गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामा राख्नुको कानुनी आधार र कारण माग गर्दै विपक्षी निकायहरूका नाममा कारण देखाऊ आदेश जारी गरेको छ।

चन्द्र भण्डारी भन्छन्- विधि र विधान मिच्ने छुट सरकार र दल कसैलाई छैन

नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले सत्ता सञ्चालनका क्रममा कमजोरी भएको स्वीकार गर्दै सरकार र राजनीतिक दल कसैलाई पनि विधि तथा विधानभन्दा बाहिर जाने छुट नभएको बताएका छन्।

दुई सय टेलिफोन टावर सहित एक हजार बढी स्थानमा फोरजी सेवा विस्तार गर्ने

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले टेलिफोन तथा इन्टरनेट सेवालाई भरपर्दो र गुणस्तरीय बनाउन सरकार प्राथमिकताका साथ अघि बढेको बताएका छन्।

१५ औँ महाधिवेशनबारे देउवा पक्षद्धारा निर्वाचन आयोगलाई जानकारी

कांग्रेसले पार्टीको १५औँ महाधिवेशनको लागि निवर्तमान सभापति शेरबहादुर देउवा समूहले निर्वाचन आयोगलाई जानकारी गराएको छ।

‘स्वदेशी युवा बाहिरिने, उद्योगले विदेशी कामदार खोज्नुपर्ने विरोधाभास अन्त्य गरौं’

सिपलाई बजारसँग, श्रमलाई अवसरसँग र जनशक्तिलाई उत्पादनसँग जोड्ने उद्देश्यका साथ नेपाल सरकार, युवा, श्रम तथा रोजगार मन्त्रालयले पूर्वको व्यावसायिक केन्द्र इटहरीमा आयोजना गरेको ‘सिप तथा रोजगार मेला २०८३’ लाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।

सांसदहरूलाई प्रधानमन्त्रीले भने- सधैं पार्टीको कार्यकर्ता मात्र नबन्नुस्, विज्ञता देखाउनुस्

प्रधानमन्त्री बालेन्द्र शाहले संसद्‌मा रहेका प्राविधिक पृष्ठभूमिका सांसदहरूलाई सधैं पार्टी राजनीतिमा मात्र नअल्झिएर आफ्नो विज्ञता मुलुकको दीर्घकालीन विकासमा लगाउन आग्रह गरेका छन्।

लागूऔषध सहित विभिन्न जिल्लाबाट २३ जना समातिए

काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित भेरी कर्णाली गेष्‍ट हाउसबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ८० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

कैदीबन्दीको मानव अधिकारसम्बन्धी प्रतिवेदन समितिबाट पारित

विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन पारित गरेको छ।

चाँदनी–दोधारा झोलुंगे पुलको अध्ययन सुरु

कञ्चनपुरको महाकालीमा नदीमा अवस्थित चाँदनी–दोधारा झोलुंगे पुलको पिल्लर भत्किएपछि प्राविधिक टोलीले स्थलगत अध्ययन सुरु गरेको छ।

नोटबन्दी गर्न यज्ञमणिको माग, नेकपाको समर्थन

उनले वर्षौँदेखि देश लुटेर राखेको कालो धनको व्यवस्थापन गर्न नोटबन्दी गर्नुपर्ने बताए।

दुर्गा प्रसाईंको पक्राउबारे सर्वोच्चले माग्यो प्रहरीसँग जवाफ

प्रसाईंकी हकमा उमा प्रसाईंले नेपाल प्रहरी प्रधान कार्यालय र साइबर ब्यूरो, भोटाहिटीसहितका निकायलाई विपक्षी बनाएर बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्।

विदेशबाट रेमिट्यान्स आउँछ तर म*रेपछि नागरिकको ला*श आउँदैन : सांसद सुवेदी

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सुवेदीले विदेशमा विभिन्न कारणले मृ*त्यु भएका नेपालीको शव स्वदेश ल्याउन नसक्दा धेरै परिवार पीडामा रहेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्