१४ आश्विन २०८३ बुधबार
image/svg+xml
राजनीति

१५ औँ महाधिवेशनबारे देउवा पक्षद्धारा निर्वाचन आयोगलाई जानकारी

कांग्रेसले पार्टीको १५औँ महाधिवेशनको लागि  निवर्तमान सभापति शेरबहादुर देउवा समूहले  निर्वाचन आयोगलाई जानकारी गराएको छ। 

देउवाको हस्ताक्षर रहेको पत्र मंगलबार निर्वाचन आयोगमा दर्ता भएको हो। आयोगका अनुसार पत्रमा असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने र मंसिर २१ गतेदेखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने विवरण उल्लेख छ। 

आयोगका एक अधिकारीका अनुसार देउवा पक्षले ‘अधिवेशन गर्दै छौँ’ भन्ने जानकारीसहित पत्र बुझाएको हो। देउवा पक्षले सार्वजनिक गरेको प्रस्तावित कार्यतालिकाअनुसार असोज १५ गते वडा अधिवेशन, असोज २० गते गाउँ तथा नगरपालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गर्ने तयारी छ। 

प्रकाशित: १४ आश्विन २०८३ १६:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App