रविले भने- टीकापुर घटनाबारे मेरो बुझाइको दायरा फराकिलो थिएन, क्षमा चाहान्छु
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विगतमा सञ्चारकर्मी रहँदा थरुहट आन्दोलन र टीकापुर घटनाबारे आफ्नो बुझाइको दायरा फराकिलो नभएको स्वीकार गर्दै क्षमायाचना गरेका छन्।

