१३ पुस २०८२ आइतबार
image/svg+xml

सभामुख घिमिरे र उपसभामुख रानामगरको कार्यकाल सकियो

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानामगरको कार्यकाल आजदेखि सकिएको छ ।

सांसद् डाक्टर शाक्यको ‘मेरो गीत भित्र’ बजारमा

राष्ट्रिय सभाका सांसद डाक्टर अन्जान शाक्यको म्युजिक भिडियो ‘मेरो गीत भित्र’ बजारमा आएको छ ।

किर्ते कागजपत्रसहित नेपाली महिला भारतमा पक्राउ

भारतीय प्रहरीले शर्मिला लामालाई नक्कली कागजपत्रसहित सुनौली नाकाबाट नियन्त्रणमा लिएको हो ।

रवि–बालेन सहमति: पदकै बाँडफाँटमा सीमित, देशका मुद्दालाई बेवास्ता

उता राजनीतिक विश्लेषक नवीन तिवारी भने रवि र बालेनको यो सहमति पुरानै दल र नेताबिच हुने सहमति शैलीको फोटोकपी मात्रै भएको बताउँछन्।

रवि-बालेन मिलनपछि कुलमानले भने- सकेसम्म एक हौं, नभए कार्यगत एकता गरेर जाऔं

ऊर्जा मन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले देशका वैकल्पिक शक्तिहरू एक ठाउँमा उभिनुपर्नेमा जोड दिएका छन्।

कार्यमैत्री वातावरणको माग गर्दै गैरसरकारी संस्थाले सरकारलाई बुझायो १० बुँदे माग पत्र

कार्यमैत्री वातावरणको माग गर्दै गैरसरकारी संस्थाले सरकारलाई १० बुँदे माग पत्र बुझाएको छ ।

रसुवागढी नाका बिहीबारदेखि सञ्चालनमा आउने

चीन सरकारले गत सातामात्र नेपाल सरकारलाई पत्र लेख्दै बेलिब्रिज तयार भएको र औपचारिक सञ्चालनको प्रतीक्षामा रहेको व्यहोराको पत्र पठाएको थियो ।

जुम्लामा एकीकृत सरकारी भवन सञ्चालन, भाडा खर्च कटौतीसँगै सेवा प्रवाह सहज

कर्णालीजस्तो दुर्गम जिल्लामा सरकारी सेवा अझै पहुँचयोग्य बनाउने बहस चलिरहेका बेला जुम्लामा भने एउटै छानामुनि पाँच सरकारी कार्यालय सञ्चालनमा आएका छन् ।

ताप्लेजुङमा बढे २ हजार ४२ मतदाता

ताप्लेजुङमा बढे २ हजार ४२ मतदाता थपिएका छन् । मतदाता संख्या ९० हजार ३२७ पुगेको निर्वाचन आयोगले जनाएको छ ।

तामझामपूर्ण तरिकाले शुरु भयो पोखरा सडक महोत्सव

तामझामपूर्ण तरिकाले पोखरामा आइतारदेखि सडक महोत्सव शुरु भएको छ। अंग्रेजी नयाँवर्षको स्वागतार्थ रेष्टुरेण्ट एण्ड बार एशोसिएसन नेपाल (रेवान) पोखराद्वारा पर्यटकीय केन्द्र लेकसाइडमा आयोजित पोखरा सडक महोत्सवको २७ औं संस्करण आईतबारदेखि शुरु भएको हो।

रवि बालेन लक्षित लिङदेनको टिप्पणी: प्रधानमन्त्री को बन्ने भन्ने योजना विदेशीले बनाउँदैछन्

राजेन्द्र लिङ्देनले नेपालमा कसले चुनाव जित्ने र को प्रधानमन्त्री बन्ने भन्ने योजना विदेशी शक्तिले बनाउन थालेको टिप्पणी गरेका छन् ।

कांग्रेसको निर्णयः समानुपातिकबाट पहिल्यै सांसद खाइसकेकाले यसपटक नपाउने

उसो त कांग्रेसले यसअघि लगातार निर्वाचनमा एकै व्यक्तिलाई समानुपातिकको सुविधा नदिने अभ्यास गरेको थियो। यसपटक पहिले कुनै पनि निर्वाचनमा समानुपातिकबाट अवसर पाइसकेकालाई बञ्चित गर्ने निर्णय गरेको हो।

कांग्रेस नेता राठौर भन्छन्- सहकारी ठग र गँजेडीहरुले ठुला कुरा गरे, १० वर्ष पार्टी चलाएर देखाउन्

आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबिच एकताको सहमति भएको सन्दर्भमा प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्।

कोशी प्राइड लिगमा गुल्शन झाको इन्ट्री, बिर्तामोड हिट्सबाट खेल्ने

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर गुल्शन झाले बिर्तामोड हिट्सबाट कोशी प्राइड लिग (केपीएल) खेल्ने भएका छन् । बिर्तामोड हिट्सले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत गुल्शन टोलीमा आबद्ध भएको जानकारी सार्वजनिक गराएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्