प्रकृतिको निधनप्रति राष्ट्रिय सभाद्वारा दुःख व्यक्त, कूटनीतिक पहल गर्न आग्रह
मंगलबार सभाको बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले मृतक लम्साललाई न्याय दिन तर्फबाट यथाशीघ्र गम्भीर रुपमा कूटनीतिक पहल गर्न सरकारलाई आग्रह गरेका हुन्।
मंगलबार सभाको बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले मृतक लम्साललाई न्याय दिन तर्फबाट यथाशीघ्र गम्भीर रुपमा कूटनीतिक पहल गर्न सरकारलाई आग्रह गरेका हुन्।
नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्युसम्बन्धी घटनामा भारतको ओडिसास्थित कलिङ इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) कर्मचारीहरुलाई निलम्बित गरेको छ ।
आइतबार विश्वविद्यालयमा किट फेस्टिभल चलिरहेको थियो। भारतीय गायक बादशाहले गीत गाएर मनोरञ्जन दिइरहेका थिए। सबै विद्यार्थी फेस्टिभलमा सहभागी थिए। त्यही मौका छोपेर प्रकृति कोठामा झुन्डिएको उनकी सहकर्मीले बताइन्।
भारतको ओडिशास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा बी.टेक तेस्रो वर्ष पढ्दै थिइन् प्रकृति लम्साल। लम्सालको नेपालमा घर भैरहवा हो।