बिहारीकृष्ण: देश बुझेका दुर्लभ अध्येता
२०२८ सालको मदन पुरस्कार प्राप्त गर्नेहरूमध्ये धेरैले सत्यमोहन जोशीलाई मात्र सम्झन्छन्। तर त्यस वर्ष मदन पुरस्कार प्राप्त गर्ने ग्रन्थ ‘कर्णाली लोक संस्कृति’ लेख्नेहरूमा जोशीका अलावा स्थिरजंगबहादुर सिंह, चूडामणि बन्धु, प्रदीप रिमालसँगै बिहारीकृष्ण श्रेष्ठ पनि थिए।