११ माघ २०८१ शुक्रबार
image/svg+xml

आज देशका अधिकांश भूभागमा बदली, वर्षा र हिमपातको सम्भावना

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव सोमबार र मंगलबार बढी रहने भएकाले बदली र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

बागलुङ नगरपालिकालाई बालमैत्री नगर घोषणा

बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिका ५१ सूचक पूरा गरेपछि बागलुङ नगरपालिकाका १४ वडालाई बालमैत्री वडा घोषणा गरिएको छ। यसका लागि नगरपालिकाले दुई वर्षयता सामाजिक विकास र बालमैत्री पूर्वाधारमा झण्डै तीन करोड लगानी गरिसकेको थियो।

बेलायतमा नेपाली संस्कृति सहभागी टोली पुरस्कृत

अङ्ग्रेजी नयाँ वर्ष २०२५ को अवसरमा आयोजित ‘लण्डन न्यू इयर डे परेड’ मा सहभागी रोयल बरो अफ ग्रीनबीचले नेपाली मौलिक प्रस्तुतिका लागि तेस्रो पुरस्कार जितेको छ।

अपहरणमा परेका दुई बालक खोजी गरिएको कथामा आधारित ‘राजागञ्ज’ चैत १ देखि प्रदर्शन हुने

दीपक रौनियार निर्देशित चलचित्र ‘राजागञ्ज’ आगामी चैत १ गते प्रदर्शन हुने घोषणा गरिएको छ। ‘हाइवे’, ‘सेतो सूर्य’ जस्ता फिल्म निर्देशन गरेका सफल निर्देशक रौनियारले नेपाल र भारतको सीमावर्ती सहरमा अपहरणमा परेका दुई बालकलाई मुक्त गराउन प्रहरीले गरेको खोजीको कथामा चलचित्र तयार गरेका हुन्।

बन्दा र काउलीमा नयाँ रोग, परीक्षणका लागि दोस्रोपटक नमूना पठाइयो

जिल्लामा लगाइएको काउली र बन्दामा नयाँ रोग देखिएको छ। जिल्ला कृषि विकास कार्यालयका अनुसार पात कुहिने, फल ठूलो नहुने र पात डढ्ने र तन्कने गरेको छ।

प्रहरीद्वारा दुई अर्ब २४ करोड बढी राजस्व सङ्कलन

नेपाल प्रहरीले चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा विभिन्न प्रकृतिका कारबाहीबाट रु दुई अर्ब २४ करोड बढी राजस्व सङ्कलन गरेको छ।

पाँच वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै, क्यान सचिव खड्काले गरे स्थलगत अवलोकन

यहाँको हेटौँडा उपमहानगरपालिका–६ स्थित गौरिटार रङ्गशालाभित्र रु ११ करोड ७४ लाखमा ड्रेनसहितको क्रिकेट मैदान निर्माण भइरहेको छ।

लण्डनमा गुन्जियो कन्दरा, 'ओटु साँझ ऐतिहासिक र अविष्मरणीय'

कन्दरा ब्याण्ड स्थापनाको ३२ वर्ष पुगेको अवसरमा स्टेजमै आफ्नो वार्षिकोत्सव मनाएको थियो। कन्दराले ओटु साँझलाई ऐतिहासिक र अविष्मरणीय भनेको छ।

हिलारी क्लिन्टनसहित १९ जनालाई अमेरिकाको सर्वोच्च नागरिक सम्मान

अमेरिकी राष्ट्रपति जो बाइडेनले अर्बपति जर्ज सोरोस, पूर्व अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनसहित १९ जनालाई देशको सर्वोच्च नागरिक सम्मानले सम्मान गरेका छन्।

'निसन्तान दम्पतीका लागि आईभीएफ सेन्टर बरदान भइरहेको छ'

सांसद कुसारीले निसन्तान दम्पतीका लागि आईभीएफ सेन्टर बरदान भइरहेको बताएकी छिन्। उनले इन्दिरा आईभीएफले उपलब्ध गराएको सेवाको प्रशंसा समेत गरेकी थिइन्। सांसद कुसारीले आइभीएफ तथा समग्र स्वास्थ्यका विषयमा जनताको आवाज राज्यसमक्ष पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्दै समस्या भएमा आफूलाई भन्न समेत आग्रह गरिन्।

प्रदेश प्रमुखसमक्ष प्रतिवेदन पेस

राष्ट्रिय दलित आयोग बागमती प्रदेशले आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष पेस गरेको छ।

गोरखाबाट एकीकरण पदयात्रामा निस्कियो नेपाली सेनाको टोली

नेपाल एकीकरणका क्रममा प्रयोग गरिएको पदमार्गको प्रचारप्रसारका लागि नेपाली सेनाको एक टोली आज गोरखा–काठमाडौँ पदयात्रामा निस्किएको छ।

दुलही नगद र गहनासहित मण्डपबाटै फरार

पहिलो श्रीमती गुमाएका कमलेश कुमारले दोस्रो विवाहको कार्यक्रम स्थानीय शिव मन्दिरमा गरिरहेका थिए, त्यहीँ बेला यो नाटकीय घटना भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्