११ माघ २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

'निसन्तान दम्पतीका लागि आईभीएफ सेन्टर बरदान भइरहेको छ'

काठमाडौँमा अवस्थित  पानीपोखरीमा रहेको इन्दिरा आईभीएफ नेपाल सेन्टर दोस्रो वर्ष प्रवेश गरेको छ। शनिबार सेन्टरमा आयोजित वार्षिकोत्सव समारोहमा प्रतिनिधिसभा सांसद कल्पना मियाँ कुसारी, इन्दिरा आईभीएफका संस्थापक डा. अजय मुर्दिया र इन्दिरा आईभीएफ नेपालकी प्रमुख डा. नेहा होमगाईले संयुक्त रूपमा केक काटेका थिए।

सो अवसरमा बोल्दै सांसद कुसारीले निसन्तान दम्पतीका लागि आईभीएफ सेन्टर बरदान भइरहेको बताएकी छिन्। उनले इन्दिरा आईभीएफले उपलब्ध गराएको सेवाको प्रशंसा समेत गरेकी थिइन्। सांसद कुसारीले आइभीएफ तथा समग्र स्वास्थ्यका विषयमा जनताको आवाज राज्यसमक्ष पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्दै समस्या भएमा आफूलाई भन्न समेत आग्रह गरिन्।

आईभीएफका संस्थापक डा. मुर्दियाले भारत र नेपालमा गरी कूल १६० वटा बढी आइभीएफ तथा फर्टिलिटी सेन्टर रहेको र ती सेन्टरबाट अहिलेसम्म १ लाख ५० हजार बढीले सन्तान प्राप्ति गरेको बताए। उनले भारतका विभिन्न राज्यपछि पहिलो सेन्टर नेपालमा खुलेको र यो सेन्टरले उत्कृष्ट सेवा दिन सफल भएको बताए।

इन्दिरा आईभीएफ पानी पोखरीका प्रमुख डा. होमगाईँले आफूकहाँ आएका केशहरुमा औषत रूपमा ८५ प्रतिशत बढी सफलता मिलेको बताइन्। सो अवसरमा उनले सानो प्रस्तुतीकरण समेत दिएकी थिइन्। जसमा गुणस्तरीय सेवा प्रदान गर्न इन्दिरा आईभीएफले अपनाएका विधि समेत उल्लेख थियो।

इन्दिरा आईभीएफको शाखा नेपालमा भित्र्याउने सञ्चालक उमेश अग्रवालले एक वर्षको अवधिमा दिन सकेको सेवा र आर्जन गरेको विश्वासले आगामी दिनमा थप सेवा गर्ने मौका पाउने बताए। उनले सेवामा खटिने आफ्ना कर्मचारी तथा नेपालमा शाखा खोल्न राजी हुने डा. मुर्दिया लगायतलाई धन्यवाद दिए।

प्राकृतिक तरिकाबाट सन्तान जन्माउन नसक्ने दम्पतीका लागि चिकित्सा विज्ञानले विकास गरेको इन भिट्रो फर्टिलाइजेसन (आईभीएफ) प्रविधि बरदान नै हो। यस प्रविधिबाट धेरै दम्पतीले सन्तान सुख प्राप्त गरेका छन्।

नेपालमा सन् २००५ मार्च १३ मा अर्थात् २०६१ साल फागुन २० गते आईभीएफ प्रविधिमार्फत पहिलो बच्चाको जन्म भएको थियो। पछिल्लो समय यो पद्धतिमार्फत लाखौँ दम्पतीले सन्तान प्राप्त गरिसकेका छन्।

प्रकाशित: २१ पुस २०८१ १३:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App