९ माघ २०८१ बुधबार
image/svg+xml

आमा समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याइ

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ४ स्थित जनचेतना आमा समूहको नौमती बाजा दाङमा मात्रै होइन, आजभोलि बुटवलसम्म पनि माग हुने गर्दछ।

फर्मालिन प्रयोग भएका माछा बिक्रीमा प्रतिबन्ध

माछालाई धेरै दिनसम्म ताजा देखाउन मानव स्वास्थ्यका लागि हानिकारक मानिएको फर्मालिन रसायन प्रयोग गरिएको जनगुनासो बढेपछि बिक्री वितरणमा प्रतिबन्ध लगाइएको नगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिकी संयोजक नरमाया कार्कीले जानकारी दिइन्।

यौन दुर्व्यवहारको अभियोगमा इनड्राइभका चालक पक्राउ

प्रहरीले यौन दुर्व्यवहार गरेको अभियोगमा राइड सेयरिङ सेवा प्रदायक कम्पनी इनड्राइभका एक जना चालकलाई मंगलबार पक्राउ गरी सार्वजनिक गरेको छ।

इच्छाकामना मन्दिरमा दर्शनार्थीको घुइँचो, भाकल गरे सन्तान प्राप्त हुने जनविश्वास

चितवनको इच्छाकामना गाउँपालिका–५ मा रहेको ऐतिहासिक धार्मिकस्थल इच्छाकामनाको मन्दिरमा धार्मिक पर्यटकको आवागमन बढेको छ।

सिरक डसना बनाउने लतिफ भन्छन् : नेपालको कमाइले भारतमा परिवार चलिरहेको छ

भारतको फारबिसगञ्ज घर भएका लतिफले ५० वर्षदेखि नेपालका विभिन्न भेगमा गएर सिरक डसना बनाउने गरेको बताए। ८० वर्षीय उनले भने, 'नेपालमा काम गर्न सके मनग्य आम्दानी छ, यहाँको कमाइले भारतमा परिवार चलिरहेको छ।'

दुर्घटनामा एक जनाको मृत्यु

जिल्लाको चौरजहारी नगरपालिका–१ लामिछाने गाउँका ३२ वर्षीय चिरञ्जीवी लामिछानेको आज बिहान मोटरसाइकल दुर्घटना परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

हिँड्डुल गर्न नसक्नेहरूलाई वडा-वडामै भत्ता

जुम्लाको कनकासुन्दरी गाउँपालिका-६ राेकायाबाडा गाउँका ८४ वर्षका धनपति राेकाया वडाबाटै भत्ता बुझ्न पाएपछि निकै उत्साहित छन्।

कर्णालीमा बढी दुर्घटना हुने स्थानबारे फोटो सचेतना

कर्णाली प्रदेशभित्र बढी दुर्घटना हुने स्थानका बारेमा चालक र सहचालकहरूलाई सचेतना कार्यक्रम गरिएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले सुरक्षित यात्राका लागि स्मरण कार्यक्रममा प्रदेशका दुर्घटना बढी हुने स्थानको तस्बिरहरू प्रतिबिम्वित गराइएको हो।

नयाँ नम्बरबाट फोन र नयाँ 'आइडी'बाट मेल आउँछ? सावधान!

तपाईंलाई कुनै नयाँ खालको नम्बरबाट फोन आउने गरेको छ? वा कुनै नयाँ इमेल आइडीबाट प्रलोभन दिने खालका सन्देशहरू आइरहेका छन्? यदि आइरहेका छ भने सावधान! त्यस्ता इमेल वा नम्बरबाट आएका सन्देश तथा कुराकानीमा विश्वास नगर्नुहोला। त्यसले तपाईंलाई घरबारविहीनसमेत बनाउन सक्छ।

आशिका तामाङलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

आफूलाई सामाजिक अभियन्ता बताउँदै आएकी आशिका तामाङलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ।

आवासगृहमा आगलागी हुँदा एक जना घाइते

जिल्ला प्रशासन कार्यालय मुस्ताङको आवासगृहमा आज बिहान आगलागी हुँदा एक जना घाइते भएका छन्। जोमसोमस्थित प्रशासन कार्यालयको पुरानो भवनमा आगलागी हुँदा प्रमुख जिल्ला अधिकारीका सुरक्षागार्ड प्रहरी हवल्दार खेमप्रसाद तिवारी घाइते भएका हुन्।

पौवादुङमा बाह्य पेय पदार्थ बेचबिखनमा रोक

दोस्रो पौवादुङमा गोल्ड कप र बृहत् माघी मेलामा आयातित खानेकुरामा निषेध गरिएको छ। स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने लक्ष्यले आयातित पत्रु खानेकुरामा रोक लगाइएको पौवादुङमा गाउँपालिकाले जनाएको छ।

संस्कृतिको संरक्षण गर्न ‘पुर्ख्यौली नाच प्रतिस्पर्धा’

म्याग्दीका मगर समुदायको मौलिक संस्कृतिको रूपमा रहेको पुर्ख्यौली नाचलाई संरक्षण र पुस्तान्तरण गर्न बेनीमा पुर्ख्यौली नाच प्रतिस्पर्धा गराइएको छ।

‘गाउँले सहरमा वन्यजन्तु बस्तीमा’

'हामीहरू धेरै पीडित बन्यौँ, न गाउँ छोडेर बजार जान सक्छौँ, न गाउँमा ढुक्कले बस्न सकेका छौँ। यसतर्फ राज्यले ध्यान दिनुपर्यो, गाउँमा सबै ठीक छ, वन्यजन्तु व्यवस्थापन रोक्न सके हामी यहीँ खुसी छौँ।'

देशभरका त्रिवेणीधाम र धार्मिक स्थलमा मकर स्नान गर्नेको घुइँचो

धनु राशिबाट सूर्य मकर राशिमा प्रवेश गर्ने दिन आज पवित्र धामका रूपमा परिचित बराहक्षेत्र, देवघाट, रिडी, त्रिवेणी, गोदावरी धाम, कालीगण्डकीलगायत नदीमा मकर सङ्क्रान्ति स्नान गर्ने भक्तजनको भीड लागेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्