९ माघ २०८१ बुधबार
image/svg+xml

देशभरका त्रिवेणीधाम र धार्मिक स्थलमा मकर स्नान गर्नेको घुइँचो

धनु राशिबाट सूर्य मकर राशिमा प्रवेश गर्ने दिन आज पवित्र धामका रूपमा परिचित बराहक्षेत्र, देवघाट, रिडी, त्रिवेणी, गोदावरी धाम, कालीगण्डकीलगायत नदीमा मकर सङ्क्रान्ति स्नान गर्ने भक्तजनको भीड लागेको छ।

काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा विषादीको खपत तथा प्रयोगमा कमी : प्रतिवेदन

काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा तरकारीसहित अन्य खाद्यबालीमा प्रयोग हुने किटनाशक तथा अन्य विषादी प्रयोगमा कमी आएको प्रतिवेदनले देखाएको छ।

देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु

विभिन्न आश्रमका पीठाधीश, सन्तमहन्त, भक्तजन, स्थानीय लगायतको सहभागितामा चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थल देवघाटको बेनीमा माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको छ।

कृत्रिम खुट्टाको सहारामा अटोरिक्सा चलाएर मासिक ६० हजारसम्म आम्दानी गर्छन् राजेन्द्र

विसं २०७७ वैशाख १८ गते दुर्घटनामा परेर बायाँ खुट्टा गुमाएपछि उनलाई अब बाँकी जीवन सकियो भन्ने चिन्ता लागेको थियो। तर, त्यही दुर्घटनापछि जीवनमा एकपछि अर्को गर्दै खुसी आएको उनले सुनाए।

काउली सस्तिँदा लागतसम्म नउठ्ने चिन्ता

मण्डनदेउपुर नगरपालिका–११ राम्चेबेँसीको गायत्री सापकोटालाई अहिले बारीमा फलेको काउली काट्न भ्याइनभ्याइ छ।

सगरमाथा आरोही भट्टराईलाई गृह जिल्ला ताप्लेजुङमा सम्मान

दुई-दुई पटकसम्म विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने ताप्लेजुङको हाङदेवाका अनिल भट्टराईलाई गृह जिल्लामा सम्मान गरिएको छ।

पौष शुक्ल पूर्णिमा : स्वस्थानी व्रतकथा आजदेखि सुरु

वैदिक सनातन परम्पराअनुसार आफ्नो वरिपरिका देवीदेवतालाई पुज्न नेपालमा चन्द्रमास अनुसार माघ महिनालाई विशेष रूपमा छुट्याइएको छ।

केन्द्रीकृत सूचना व्यवस्थापन प्रणालीमार्फत नागरिकता प्रदान गर्न ताप्लेजुङ प्रशासन कार्यालयले थाल्यो पहल

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले वडाबाटै केन्द्रीकृत नेपाली नागरिकताको सूचना व्यवस्थापन प्रणालीमार्फत सिफारिस भई आएको विवरणका आधारमा नागरिकता दिन सकिने बताएका छन्।

कलुवापुरमा खानेपानी समस्या हट्यो

शुक्लाफाँटा नगरपालिका–११ का बासिन्दालाई सहज खानेपानी उपलब्ध गराउन रु पाँच करोडको लागतमा कलुवापुर खानेपानी आयोजना सञ्चालनमा आएको छ।

उकालोमा पसिनाको कथा : भरियाले धानेको खुम्बु क्षेत्रको ढुवानी

खुम्बुको ठाडो उकालो बाटो, त्यसमाथि पिठ्युँमा सय किलोको काठ। पसिनाले निथ्रुक्क भिजेको शरीर। आकाश कुलुङको दैनिकी यसरी नै बित्ने गरेको छ। बिहान सूर्योदयसँगै सुरु हुने यात्रामा उनी पिठ्युँमा सय किलो बढीको भारी बोकेर सुर्केबाट लुक्लातर्फ करिब पाँच घण्टाको कठिन उकालो पार गर्छन्।

आपराधिक गतिविधिमा पेस्तोलको प्रयोग बढ्दो

महोत्तरीमा पछिल्लो समय आपराधिक गतिविधिमा साना हतियार (पेस्तोल) को प्रयोग बढी भएको पाइएको छ। विगत तीन आर्थिक वर्षमा महोत्तरीमा घटेका विभिन्न आपराधिक घटनामा ११ थान साना र पाँच थान मात्र ठूला हतियारको प्रयोग भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ।

न्यायाधीश सरुवाले मुद्दा सुनुवाइ प्रभावित

जिल्ला अदालत पर्वतमा कार्यरत न्यायाधीश सरुवा हुँदा चालु अवस्थामा रहेका मुद्दा विगत १५ दिनदेखि सुनुवाइ प्रभावित भएको छ।

सात करोडको काठ वन कार्यालयमै कुहिँदै

सुनसरीको धरान उपमहानगरपालिका–८ तीनकुनेमा रहेको सबडिभिजन वन कार्यालय पाँचकन्या र विष्णुपादुका सबडिभिजन वन कार्यालयमा राखिएको काठ कुहिन थालेको छ।

हाइड्रोपावरमा काम गर्दा लडेर घाइते भएका इटालियन नागरिकलाई हेलिकोप्टरमा काठमाडौँ पठाइयो

ताप्लेजुङको मेरिङदेन गाउँपालिकास्थित युनाईटेड मेवा हाइड्रोपावर लिमिटेडमा काम गर्ने क्रममा घाइते भएका एक जना इटालियन नागरिकलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको छ।

आगलागीबाट श्रृंगार पसलमा एक करोडको क्षति

म्याग्दीको बेनी नगरपालिका–७ बालमन्दिर चोकमा रहेको एक श्रृंगार पसलको गोदाममा शुक्रबार राति भएको आगलागीबाट करिब एक करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्