पनौतीमा बाढीपहिरो प्रभावितको जग्गा यकीन गरिँदै
गत असोज दोस्रोसाताको बाढीपहिरोबाट प्रभावित काभ्रेपलाञ्चोकको पनौतीका स्थानीयको जमिनको यकीन गर्न सुरु गरिएको छ।
गत असोज दोस्रोसाताको बाढीपहिरोबाट प्रभावित काभ्रेपलाञ्चोकको पनौतीका स्थानीयको जमिनको यकीन गर्न सुरु गरिएको छ।
नेपाल प्रहरीले पछिल्लो पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय ४६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
खोटाङ सदरमुकाम दिक्तेलबाट काठमाडौँ जाँदै गरेको यात्रुबाहक जीप टाटा सुमोमा तोडफोड गर्ने दर्जन बढी युवाविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेर अनुसन्धान थालेको छ।
नियमित बजार अनुगमन गरिरहेको ताप्लेजुङ जिल्लाको बजार अनुगमन समितिले ‘म्याद सकिएको’भनेर जनाउ गरेर राखेका वस्तु बाहेक बिक्री स्थलमा रहेका म्याद गुज्रिएका सबै सामान जफत गर्ने भएको छ।
तुलसीपुर–१ छोटेका चित्रप्रसाद सुवेदी नौ वर्ष मलेसिया बसेर आए। मलेसियामा पनि राम्रो कमाई नभएपछि उनले गाउँमै केही गर्ने प्रण गरे र सुरु गरे विभिन्न मूर्ति बनाउन। न कुनै तालिम, न त कुनै प्रशिक्षण, चित्र हेरेर उनले मूर्ति बनाउन सुरु गरे। अहिले उनी विभिन्न मन्दिरमा मूर्ति बनाउँदै हिँडिरहेका छन्।
पाल्पाको रामपुर नगरपालिकामा रहेको लक्ष्मीनारायण सङ्ग्रहालय सञ्चालनमा आएको छ। लक्ष्मीनारायण धर्मशालालाई अहिले सङ्ग्रहालयको रूपमा परिणत गरी सञ्चालनमा ल्याइएको हो।
रौतहट प्रहरीले ट्रयाक्टर पिकअपसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। सदरमुकाम गौर नगरपालिका ५ सिया प्यालेसअगाडि किटनाशक औषधि र गहुँ लोड गरेका दुई ढुवानी साधनलाई चेकजाँच गर्दा शंकास्पद भेटिएपछि प्रहरीले चालकसहितलाई नियन्त्रणमा लिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा घुस रकमसहित पुगेका अछामको मेल्लेख गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ध्रुवप्रसाद सापकोटाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको छ।
जुम्लामा रहेको लेखा व्यवस्थापन प्रणाली सुर्खेत सारेपछिको झण्डै १ वर्ष एक जना अधिकृत र एक जना सुरक्षा गार्ड जुम्लाका कार्यालयमा राखिएका थिए। तर गत भदौ महिनामा शाखा अधिकृतको समेत सरुवा भएपछि जुम्ला कार्यालय सुरक्षा गार्डको भरमा रहेको छ भने कामकाज पनि बन्द रहेको अवस्था छ।
विद्युतको तार टाँसिएर टिपरमा करेन्ट प्रवाह भइ आगलागी हुँदा टिपर चालक गम्भीर घाइते भएका छन्।
सामान्यतः हिउँदमा पानी पर्नु नियमित चक्र नै हो तर पछिल्ला केही वर्षयता त्यो चक्रमा खलबलिएको छ। खासगरी यसरी पर्ने आकाशेपानी तोरी, गहँ, मकै, तरकारी बालीका लागि लाभदायक मानिन्छ। जानकारहरू यस पटक पनि हिउँदमा लामो समयसम्म आकाशेपानी नपर्दा तराई तथा पहाडमा लगाइएका हिउँदे बालीका लागि प्रतिकूल अवस्था रहेको बताउँछन्।
काभ्रेपलाञ्चोकमा निर्माणाधीन अधिकांश ठूला खानेपानी आयोजनाका स्रोत यहाँका खोला हुन्। विसं २०७२ को भूकम्पका कारण जिल्लामा खानेपानीका मूल सुकेपछि त यहाँका नदी–खोला नै खानेपानीका मुख्य स्रोत थिए। तिनै खोलामा गत असोज दोस्रो साताको बाढीले पानीको स्रोत नै तहसनहस भयो।
ज्येष्ठ नागरिकमा रहेका ज्ञान, सीप र अनुभव अन्तरपुस्ता हस्तान्तरण कार्यक्रमअन्तर्गत यहाँका महिलाहरूलाई ढकिया बुन्ने तालिम प्रदान गरिएको छ।
उक्त बाटो प्रयोग गर्दा जङ्गली जनावरले आक्रमण गर्ने जोखिम रहेकाले समस्या रहेको श्रद्धालुहरूले बताउने गरेका छन्।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित चारवटा टोलका स्थानीयले आयातित पेय पदाथ सेवनमा प्रतिबन्ध लगाएका छन्।