२६ पुस २०८१ शुक्रबार
image/svg+xml

गर्मी बढेपछि कैलालीका विद्यालय बन्द

तापक्रम वृद्धिले विद्यालय सञ्चालनमा कठिनाइ भएपछि कैलालीमा विद्यालय बन्द गरिएका छन्। बुधबार कैलालीको तापक्रम ४३ दशमलव ३६ डिग्री सेल्सियस मापन भएको छ। कैलालीमा गर्मीले बालबालिकामा स्वास्थ्य समस्या देखिन थालेपछि विद्यालय बन्द गरिएका हुन्।

गर्मीले कक्षामा बस्नै गाह्रो, विद्यार्थी नियमित विद्यालय आउन छाडे

दिउँसो विद्यालयमा पढाइ गर्न विद्यार्थीलाई कठिनाइ भएको छ। कैलालीको तापक्रम ४० डिग्री सेल्यिसयभन्दा माथि पुगेपछि पठनपाठन प्रभावित बनेको हो।

गर्मी बढेपछि वीरगञ्जका विद्यालय ३ दिनका लागि बन्द

वीरगञ्ज महानगरपालिकाले बढ्दो गर्मीका कारण विद्यालयहरू तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।

काठमाडौं महानगरभित्रका १२९ विद्यालय नाम परिवर्तनको प्रक्रियामा, बाँकीलाई पनि ताकेता

महानगरपलिकाको शिक्षा विभागले नाम परिवर्तनका लागि प्रस्तावित विद्यालयहरुको कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ताका लागि सूचना जारी गर्ने तयारी गरिरहेको निजी विद्यालय हेर्ने शाखा प्रमुख नेत्र पौडेलले बताए ।

१४ वर्षमुनिकालाई ‘मोबाइल निषेध’

बेलायतको सेन्ट अल्बान्स शहरले १४ वर्षमुनिका बालबालिकाहरूलाई मोबाइल निषेध गरेको छ। यससँगै सेन्ट अल्बान्स बेलायतको पहिलो बालबालिकालाई मोबाइलमुक्त शहर बन्न पुगेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्