यो निर्वाचन देश बचाउने र देश जलाउने शक्तिबीचको प्रतिस्पर्धा हो: महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले आसन्न प्रतिनिधि सभा निर्वाचनलाई ‘देश जलाउने र देश बचाउने शक्तिबीचको प्रतिस्पर्धा’का रूपमा चित्रण गर्दै युवाहरूलाई देश बचाउने शक्तिको पक्षमा उभिन आग्रह गरेका छन् ।

