कोदोखेतीले धानेको खोरियागाउँ
‘बाउबाजेदेखि यही कोदो रोप्दै आएका छौँ। अन्य बालीका लागि सिँचाइको सुविधा छैन। पिउने पानी त नभएर छ महिना समस्या हुन्छ’, स्थानीय हर्कबहादुर परियारले भने, ‘जेजति उब्जनी हुन्छ यही कोदोको जोहो गर्नुपर्ने बाध्यता छ।’

कोदोमा प्रशस्त मात्रामा क्याल्सियम, म्याग्नेसियम, भिटामिन बी, टिप्टोफेन, एन्टिअक्सिडेन्टलगायतका थुप्रै तत्व पाइनाका साथै कोदोको पिठोको प्रयोगले मुटुसम्बन्धी रोग नियन्त्रणसँगै पेटलाई स्वास्थ्य बनाउने भएकाले यसलाई राम्रो बाली मानिन्छ।
तराईमा धान रोपाइँ गरिसकेपछि किसान फुर्सदिला छन् । तर, पहाडका किसान भने जेठदेखि खेतबारीकै काममा व्यस्त छन् ।