११ कार्तिक २०८१ आइतबार
image/svg+xml

नेपाल वायुसेवा निगमद्वारा ६ अर्ब ३२ करोड ऋण भुक्तानी

नेपाल वायुसेवा निगमले हालसम्म विमानको छ अर्ब ३२ करोड ८५ लाख ९७ हजार पाँच सय ३३ ऋण भुक्तानी गरेको जनाएको छ।

बन्दीपुर आउने पर्यटकलाई मौलिक परिकारले सत्कार

बन्दीपुर गाउँपालिका कार्यालयले परम्परागत बाली संरक्षणाई प्राथामिकता दिएसँगै पाहुनाका लागि स्थानीय परिकारले सत्कार गर्न सहज पनि भएको छ।

पर्यावरणीय न्यायमा महिलाको भूमिका

नारीवादी दृष्टिकोण केवल महिलाको मुक्ति वा कुनै एक लिङ्गविरूद्धको आन्दोलन होइन, बरु नारीवाद, जातीयता, वर्गीय न्याय र सामाजिक परिवर्तनका क्षेत्रमा सशक्त आवाजका रूपमा चिनिने बेल हुक्सको व्याख्यामा भनेजस्तै पितृसत्तात्मक दमनका सबै स्वरूपको अन्त्य गर्दै प्रेम, समता र न्यायमा आधारित समाज निर्माण हो।

कोप–२९ मा नेपालले के गर्ने ?

कोप सम्मेलन केवल हरियो नाटक मात्रै भएको भनिन्छ । अब पनि यसरी नै कार्बन अफ ट्रेकमा हिँड्ने हो भने पृथ्वीको तापमान सन् २०५० मै दुई डिग्री माथि हुँदै विश्व भयानक पर्यावरणीय विनासतिर जान्छ भनी वैज्ञानिकहरूले चेतावनी दिइरहेका छन्। कोप–२९ मा पनि यसै चिन्ताको वरिपरि छलफल हुने देखिन्छ।

पोखराले भित्र्यायो गौसलाई, बने एनपीएलमा अनुबन्धन हुने पहिलो विदेशी खेलाडी

पोखरा एभेन्जर्सले अमेरिकाका विकेटकिपर तथा ब्याट्सम्यान आन्द्रेस गौसलाई अनुबन्ध गरेको छ।

कति छ आजका लागि विदेशी मुद्राको विनिमय दर?

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ १० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ७० पैसा कायम भएको छ।

समाजको विविधतालाई बचाई राख्न भाषागत समाचार जरुरी छ : मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समाजको विविधतालाई बचाई राख्न भाषाभाषीको समाचार जरुरी भएको बताएका छन्।

डिआइजी केसीलाई प्रहरी व्याटन र सृजनशील पुरस्कार खापुङलाई

नेपाल प्रहरीको ६९औं दिवसको अवसरमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी नायव महानिरीक्षक रविन्द्र केसीले पुलिस व्याटन प्राप्त गरेका छन् भने उत्कृष्ट सृजनशील कार्यतर्फ कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले प्राप्त गरेका छन्।

लेबनानमा खटिएका सबै नेपाली शान्ति सैनिक सुरक्षित छन्ः सेना

संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ लेबनानमा खटिएका सम्पूर्ण नेपाली शान्ति सैनिक सुरक्षित रहेका नेपाली सेनाले जनाएको छ।

दशानायके जनकपुर बोल्ट्सका मुख्य प्रशिक्षक नियुक्त

नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टीम जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन्।

अमेरिकासँगको टी-२० सिरिजका लागि अभ्यासमा नेपाली टिम (तस्बिरसहित)

अमेरिकासँग हुने ३ खेलको टी-२० सिरिजका लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले अभ्यास सुरु गरेको छ।

नेपाल र अमेरिकाबीच हुने टी-२० सिरिजको खेल तालिका सार्वजनिक

ग्रान्ड प्रेयर टेक्सासमा हुने नेपाल र अमेरिकाबीचको पहिलो खेल बिहान ५ः४५ बजेबाट सुरु हुनेछ।

बेल्जियमको स्थानीय सरकारमा दुई नेपाली मूलका उम्मेदवार निर्वाचित

स्वायत्त र भाषिक आधारमा तीन प्रान्त रहेको संघीय र राजतन्त्रात्मक मुलुक, युरोपको राजधानीको रूपमा समेत परिचित बेल्जियमको सम्पन्न स्थानीय निकायको निर्वाचनमा निर्वाचन अन्तर्गत ब्रुगे नगरपालिकाको सदस्यमा नेपाली दोस्रो पुस्ताकी प्रज्ञा तिमील्सिना र लुभेन नगरपालिका सदस्यमा पहिलो पुस्ताका सूर्य ढकाल निर्वाचित भएका हुन्।

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्