१९ आश्विन २०८१ शनिबार
image/svg+xml

सडक विभागले सरुवा नसच्चाए आन्दोलनमै जाने कर्मचारीको चेतावनी

नेपाल निजामती कर्मचारी युनियन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय विभागीय कार्यसमितिले सडक विभागले भेदभाव पूर्ण तवरले ४ सय भन्दा बढी इन्जिनियर र सब इन्जिनियरहरूको सरुवा गरेको भन्दै तत्काल सरुवा सच्चाउन माग गरेको छ।

मेची राजमार्गको विकल्प: सिमलगोलाई–जोगमाई–तिल्केनी

करोडौँ रुपैयाँ खर्चिँदा पनि गुणस्तर सुधार हुन नसकेको मेची राजमार्गको इलाम नगरपालिका ९ मा पर्ने राजदुवाली–गोलाखर्क खण्डको अब विकल्प प्रयोग गरिने भएको छ।

साइकल चालकको मृत्यु भएपछि विराटनगरमा तनाव, १० सेल अश्रुग्याँस प्रहार

भन्सार कार्यालय तोडफोडको प्रयास भएपछि स्थिति नियन्त्रणमा लिन १० सेल अश्रुग्याँस प्रहार गरेको मोरङ प्रहरीका डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए।

नख्खुका बाढी पीडितलाई स्थानीयको ढाडसः दैनिक तीन सयलाई खाना खुवाउँछन्

असोज १२ र १३ गतेको मनसुनजन्य विपद्का कारण काठमाडौं उपत्यकासहित देशभरका नागरिकहरुको जनजीवन अस्तव्यस्त छ।

अवरुद्ध चार राजमार्ग आइतबारसम्ममा खुल्ने, विपी राजमार्ग दसैँअघि नखुल्ने

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विपी राजमार्गमा अलपत्र परेका सवारी साधनहरुको उद्धार गर्नु सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन्।

मेची राजमार्ग अवरुद्ध, राजदुवाली–गोलाखर्क खण्डमा पहिरो

निरन्तरको वर्षाका कारण मेची क्षेत्रको ‘लाइफ लाइन’का रूपमा रहेको मेची राजमार्ग अवरुद्ध बनेको छ।

लहानमा खान-पिउन नमिल्ने खाद्य पदार्थ छ्यापछ्यप्ती

लहानस्थित चौधरी होटलमा गुणस्तरहीन खानेकुरा पाइएको छ । अनुगमनको क्रममा गुणस्तरहीन खानेकुरा पाइएपछि यस होटेललाई सचेत गराउँदै ५ हजार जरिवाना भराइएको छ ।

बाढीबाट प्रभावित काभ्रेका तीन पालिकालाई काठमाडौं महानगरको २०/२० लाख सहयोग

काभ्रेपलाञ्चोक जिल्लाका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई बाढीजन्य विपदबाट पुगेको क्षति पुनःस्थापना तथा सङ्कट व्यवस्थापन गर्न राहतका लागि काठमाडौँ महानगरपालिकाले २०/२० लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने भएको छ।

एसिया रग्बी इमिरेट्स सेभेन्समा नेपालको दोस्रो हार

नेपाली महिला टोलीले एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा दोस्रो हार बेहोरेको छ।

दर्जनौं विद्यालय बगाएपछि सर्लाहीका दुई पालिकामा पठनपाठन अनिश्चित

घटस्थापना हुनुभन्दा पहिलेदेखि नै बाढीको कारण ठप्प रहेको दुई दर्जनभन्दा बढी विद्यालय कोजाग्रत पूर्णिमापछि पनि चल्ने नचल्ने निश्चित छैन ।

अधिकारकर्मी रुबी खान पक्राउ

अधिकारकर्मी रुबी खानलाई प्रहरीले पक्राउ गरेको छ। सिंहदरबारको दक्षिणी गेटमा प्रदर्शन गर्न पुगेकी उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।

दसैंभरी काठमाडौं-नारायणघाट सडकमा ठुला सवारी सञ्चालनमा रोक

यातायात व्यवस्था विभागले घटस्थापना बिहीबारदेखि कोजाग्रत पूर्णिमा कार्तिक १ गतेसम्म ट्रेलर र अन्य ठुला सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।

रविको उहीँ रटानः छानबिन समितिले मेरो संलग्नता भेटेन, जेलै जानुपरे पनि तयार छु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसदीय विशेष छानबिन समितिले सहकारीको बचत रकम अपचलनमा आफ्नो संलग्नता नभेटेको पुरानै रटान दोहोर्‍याएका छन्।

एक महिनाको अन्तरमा नाबालिका दुई पटक बलात्कृत

पक्राउ पर्नेमा ७१ वर्षका गजबहादुर दर्लामी मगर र अर्का एक १६ वर्षका नाबालक रहेको इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी नवीन राजा बुढाथोकीले जानकारी दिएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्