४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

हिमाल टमाटाले जिते लिगलिगे साईकल दौडको उपाधि

लिगलिग भिलेज स्पोर्टसको आयोजनामा भएको तेस्रो लिगलिगे साईकल दौड प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबका हिमाल टमाटाले जितेका छन्।

गोरखामा सवारी दुर्घटना हुँदा ८ जना घाइते

गोरखा सदरमुकामस्थित बिसौनी मोडमा सवारी दुर्घटना हुँदा आठजना यात्रु घाइते भएका छन्। सोमबार दिउसो १ बजे बिसौनी मोडमा दूध बोक्ने गाडी पल्टिदा ६ पुरुष र २ महिला गरी आठजना घाइते भएको प्रहरीले बताएको छ।

गण्डकी गाउँपालिकामा व्यवसाय र घर जग्गा कर तिर्दा ५० प्रतिशत छुट

पालिकाबासीलाई करको दायरामा ल्याउने योजना सहित गण्डकी प्रदेश सरकार र गाउँपालिकाको सहकार्यमा बिहीबारदेखि शिविरका रुपमा कार्यक्रम सुरु गरिएको प्रशासकीय अधिकृत रिजेश उपरकोटीले बताए।

गोरखा बजारमा पानीकाे सधैँ हाहाकार, ट्यांकीमा छ धारामा छैन,

पाँच हजार घरधुरीलाई सहज पिउने पानी उपलब्ध गराउने गरी सुरु भएको आयोजनाले पानी वितरण प्रणाली व्यवस्थित नगर्दा ट्यांकीको पानी उपभोक्ताको घरघरमा पुग्न नसकेको हो।

गोरखाको पुष्कर तीर्थमा ‘गोरक्षआरती’सुरु

गोरखा सदरमुकामको पँदेलीस्थित पुष्करतीर्थ (रानीपोखरी) मा महाशिवरात्रिको दिन शनिबारदेखि ‘गोरक्षआरती’ सुरु भएको छ। पुष्करतीर्थ आरती समितिले गोरखनाथलाई समर्पण गरी ‘गोरक्षआरती’ सुरु गरेको हो।

क्याम्पस प्रमुख कुट्नेलाई पक्राउ नगरेको भन्दै पठनपाठन बन्द

स्वतन्त्र विद्यार्थी युनियनका सभापति प्रविण बस्नेतले शुक्रवार एक विज्ञप्ति जारी गर्दै क्याम्पस तोडफोड र प्रमुखमाथि कुटपिटमा संलग्नलाई उजुरी गर्दा पनि प्रहरीले कानुनी कारबाही नगरेकाले अनिश्चितकालिन क्याम्प बन्द गरिएको बताएका छन्।

गोरखाको द्रव्यशाह बहुमुखी क्याम्पसका प्रमुखमाथि हातपात

गोरखाको लक्ष्मीबजारस्थित द्रव्यशाह बहुमुखी क्याम्पसका प्रमुख रामचन्द्र दुवाडीमाथि हातपात भएको छ। जनयुद्धको सन्दर्भलाई जोड्दै दवाडीले सामाजिक संजालमा पोष्ट गरेको अभिव्यक्तिलाई लिएर अनेरास्ववियू (क्रान्तिकारी) क्याम्पस इकाइका बिद्यार्थीहरुले मंगलवार बिहान उनीमाथि हातपात गरेका हुन्।

किताब छैन, चिन्ता छैन: सिकाई बाकसले पढाउँछ विद्यालय शिक्षा

गोरखाका सबै विद्यालयमा पठ्यपुस्तक पुग्न शैक्षिक सत्र सुरु भएको तीनदेखि पाँच महिनापछि समय लाग्छ। कतिपय विद्यालयमा त शिक्षकसँग भएकै किताबले आधाआधी कोर्ष सकिन्छ।

गोरखाले पायो सिडिओ

कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिव रहेका दिनेश सागर भुषाललाई गृह मन्त्रालयमा तानेर गोरखा पठाइएको छ।

महाशिवरात्रीदेखि गोरखाको रानीपोखरीमा हरेक दिन आरती हुने

गोरखा सदरमुकामको रानीपोखरीमा शिवरात्रीको दिनदेखि हरेक दिन आरती हुने भएको छ। गोरखा नगरपालिका ६ पँदेलीमा रहेको पुष्करतिर्थ अर्थात रानीपोखरीको नामले चिनिने उक्त ठाउँमा हरेकदिन आरती गर्न स्थानीय शक्रिय भएका छन्।

प्रधानमन्त्री र उपप्रधानमन्त्रीकै जिल्लामा छैनन् सिडिओ र सहायक सिडिओ

सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको नागरिकता खारेज गरेपछि गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहालले आफू निर्वाचित जिल्लामा प्रजिअ पठाउन सकेका छैनन्।

गुम्बामा आगलागी हुँदा ३० करोड भन्दा बढीको क्षति, स्थानीयको रुवाबासी

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका २ को हिनाङको पुंगजी गुम्बामा आगलागी हुँदा ३० करोड भन्दाबढिको क्षति भएको छ। मङ्गलवार गुम्बामा जडान गरिएको विद्युत् सर्ट भएर आगलागी भएको स्थानीयले बताएका छन्।

चुमनुब्रीको पुङ्चे गुम्बामा आगलागी

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका २ को पुङ्चे गुम्बामा मंगलवार दिउँसो आगलागी भएको छ। हिनाङ भन्ने ठाउँमा रहेको उक्त गुम्बा धेरै पुरानो रहेको स्थानीय बताउँछन्। उक्त गुम्बामा दिउसो तीन बजेतिर आगालागी भएको वडाअध्यक्ष मिङ्ग्यूर दोर्जे लामाले बताए।

पालुङटारमा मेयरका स्वकीय सचिवमाथि कार्यालयमै कुटपिट

मेयरका स्वकीय सचिव मरहट्टाले आफु उपचारकालागि आँपपिपल अस्पताल पुगेको बताउँदै भने ‘एउटा कुरा गर्नुछ भन्दै पालुङटार नगरपालिका कार्यालयको भ¥याङबाट एक्लै राखेर कुटपिट गरियो।’

बारपाक–लाप्राक सडक अलपत्रः कार्यालयलाई टेर्दैनन् ठेकेदार

सडक निर्माण छिटो पुरा गर्न आफुले पूर्वाधार कार्यालय, जिल्ला प्रशासन र निर्माण ब्यवशायीलाईपनि बारम्बार भन्ने गरेको उनले बताए। निर्माण ब्यवशायीले काम हुन्छ भन्ने तर नगर्ने गर्दा बारपाक लाप्राक सडक अलपत्र छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्