१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml

'द केरला स्टोरी २' प्रदर्शनमा अदालतको रोक

यो फिल्म २७ फेब्रुअरी अर्थात आज (शुक्रबार) प्रदर्शन हुने भनिएको थियो। तर, केही व्यक्तिले फिल्मको शीर्षक र कथावस्तुले केरला राज्यको छवि नकारात्मक रूपमा प्रस्तुत गर्न सक्ने भन्दै निवेदन दिएका थिए।

कार्की नेतृत्वको आयोगको प्रतिवेदन फागुन २२ भित्रै सार्वजनिक गर्न जेनजी फ्रन्टको माग

नेपाल जेनजी फ्रन्टले गौरीबहादुर कार्की नेतृत्वमा गठित जाँचबुझ आयोगको प्रतिवेदन तोकिएको मितिभित्रै सार्वजनिक गरी कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ।

बागलुङ कालिका मन्दिरमा ‘चैतेदसैँ मेला’ को तयारी

कालिका मन्दिरको ऐतिहासकितासँग जोडिएको चैतेदसैँ मेलाको तयारीमा बागलुङ कालिका मन्दिर व्यवस्थापन समिति जुटेको छ ।

यादवको हत्यामा संलग्न दुई जना पक्राउ

सर्लाही सदरमुकाम मलङ्गवामा गोली प्रहारबाट सब इन्जिनियरको हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

गलत सूचनाको प्रभावमा होइन, विवेकको आधारमा मतदान गरौँ

नेपालमा निर्वाचन नजिकिँदै गर्दा लोकतान्त्रिक अभ्यासको एक महत्वपूर्ण चरणमा हामी प्रवेश गरिरहेका छौँ।

रोनाल्डोले किने स्पेनी दोस्रो श्रेणीको क्लब अल्मेरियाको २५ प्रतिशत शेयर

फुटबल जगतका स्टार क्रिस्टियानो रोनाल्डोले स्पेनी दोस्रो श्रेणीको क्लब अल्मेरियाको २५ प्रतिशत शेयर किनेका छन्।

कांग्रेस सभापति थापाले पोखराको चुनावी सभामा सम्बोधन गर्ने

आफ्नो निर्वाचन क्षेत्रमा चुनाव प्रचार प्रसारको क्रममा रहेका सभापति थापा चुनावी सभालाइ सम्बोधन गर्न रौतहटको समनपुरबाट हेलिकप्टर चढेर पोखरा गएका नेपाली कांग्रेस रौतहट क्षेत्र नम्बर ४ का सभापति राम सिनेही यादवले बताए।

करेन्ट लागेर टिप्पर चालकको मृत्यु

सिरहाको गोलबजार नगरपालिका–२ स्थित गुरुधाम जाने बाटोमा टिप्परको हाइड्रोलिक उठाउने क्रममा करेन्ट लागेर चालकको मृत्यु भएको छ ।

विचार स्थायी हुँदैनन्, समयसँगै रूपान्तरण आवश्यक : चन्द्र भण्डारी

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले विचार कहिल्यै स्थायी नहुने र समयक्रममा हुने घटना, अनुभव तथा प्राविधिक विकासले तिनलाई निरन्तर चुनौती दिने बताएका छन्।

ताप्लेजुङका चार हिमाली क्षेत्रका मतदान केन्द्रमा खटिए कर्मचारी

ताप्लेजुङको चार हिमाली बस्तीका निर्वाचन केन्द्रहरूमा शुक्रबार मतदान अधिकृतसहित निर्वाचन सामग्री पठाइएको छ।

मकवानपुरमा ट्रक र बस ठोक्किँदा १४ जना घाइते

जिल्लाको मनहरी गाउँपालिका–९ रजैयास्थित पूर्व–पश्चिम सडक खण्डमा चामल लोड गरिएको ट्रक र यात्रुवाहक बस एकापसमा ठोक्किँदा १४ जना घाइते भएका छन्।

आसन्न निर्वाचनबारे शतप्रतिशत मतदाता सचेत

आसन्न प्रनिधिसभा सदस्य निर्वाचनप्रति तुलनात्मक रूपमा मधेस प्रदेशका मतदातामा बढी उत्साह देखिएको पाइएको छ।

गाईभैँसीमा थुनेलो रोग

भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयले किसानको गोठमै पुगेर गाईभैँसीमा लाग्ने रोग थुनेलो परीक्षण गर्न थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्