४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

मुस्ताङमा कस्तूरीलाई सिकारीको पासो

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को संरक्षित क्षेत्रभित्र पर्ने मुस्ताङको वारागुँ मुक्तिक्षेत्र गाउँपालिका–४ को लुप्रा जंगलमा सिकारीको पासोमा परेर मरेको अवस्थामा कस्तूरी फेला परेका छन्। कस्तूरी बाहेक अन्य वन्यजन्तु पनि पासोमा परेर मरेका छन्।

हिमाली काखका बस्तीको त्रासः शिरमाथि तरबार झुन्ड्याए जस्तै

हिमाली जिल्ला मुस्ताङ र मनाङमा धेरै बस्ती छन, ती कुनैपनि बेला सिरान क्षेत्रबाट झर्ने हिमपहिरोको जोखिममा पर्न सक्छन्। एकाएक झर्ने हिमपहिरोको वहावसँगै बग्न सक्ने जोखिममा ती बस्ती छन्। पुर्ख्याैली बसोबास रहेको ती बस्ती हिमाली चुचुरोको काखमा छन्।

मुस्ताङ हिमपहिरोः खस्ने अवस्थाका ढिस्को देखिएपछि झनै त्रास

मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित टुकुचे पिक (६९२० मिटर) को केही खण्ड आइतबार मध्यान्हतिर एकाएक खस्यो। ६ हजार मिटर माथिबाट खसेको अनुमान गरिएको भीषण हिमपहिरोले हिमाली जिल्लामा थप त्रास निम्त्याएको छ। पहिरो झरेको ठाउँमा तलबाट हेर्दा खस्ने अवस्थाको ढिस्को र चिरिएको भाग देखिएको स्थानीयले बताएका छन्।

मुस्ताङ हिमपहिरोः ज्वालामुखीबाट निस्कने जस्तो मुस्लो निस्कियो

हिमपहिरोको त्रासले भागदौडको क्रममा घाइते भएकाहरुले ज्वालामुखि विस्फोट हुँदा निस्कने मुस्लो जस्तो बाहिर देखिएको बताएका छन्। ठूलो आवाजसहित ज्वालामुखी बिष्फोटको आवाज सुनिएको र त्यसलगत्तै कालो मुस्लो देखेपछि भागदौड मच्चिदा आफूहरु घाइते भएको उनीहरुको भनाई छ।

मुस्ताङको कोवाङमा भीषण हिमपहिरो

मुस्ताङको कोवाङमा भीषण हिमपहिरो खसेको छ। आईतबार विहान ११ बजेर ४० मिनेटको समयमा टुकुचे पिक (स्थानीयले मानापाथी हिमाल भन्छन) हिमालबाट हिउँ पहिरो खसेको मुस्ताङ जिल्ला प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए।

एकैदिन झन्डै तीन हजार पाहुना मुस्ताङ पुगे

कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्र आन्तरिक पाहुनाका कारण कसरी चलायमान बन्दै गएको छ भन्ने हिमालपारिको जिल्ला मुस्ताङ र पोखरा आसपासका क्षेत्रका पदमार्गमा गएका आन्तरिक पाहुनाको भीडभाडले पुष्टि गर्छ। हिमाली जिल्ला मुस्ताङमा पछिल्लो एकसातामा मात्र १० हजार बढी आन्तरिक पाहुना भित्रिएका छन्।

आन्तरिक पर्यटक ह्वात्तै बढेपछि म्याग्दीका होटल भरिभराउ

केही दिनयता जिल्लाका होटल तथा लज भरिभराउ भएका छन्। म्याग्दी र मुस्ताङका पर्यटकीयस्थल घुम्न आएका आन्तरिक पर्यटकले होटल तथा लज भरिभराउ भएका हुन्।

मुस्ताङबाट १२ हजार भेडा–च्याङ्ग्रा निकासी

तिब्बतबाट भेडाच्याङ्गा नआएपछि विगतको तुलनामा झण्डै आधाको सङ्ख्यामा भेडाच्याङ्ग्रा निकासी भएका हुन्। अघिल्ला वर्षमा २० देखि २५ हजारको सङ्ख्यामा भेँडाच्याङ्ग्रा निकासी हुँदै आएका थिए।

च्याङ्ग्रा लिन व्यापारी मुस्ताङतर्फ

दशैँ आयोकी च्याङ्ग्राको कुरा जोडिइहाल्छ। मिठोमसिनो खाएर मनाइने चाड हो, दशैँ। एक/दुई छाक भए पनि दशैँमा च्याङ्ग्राको मासु चाख्ने धोको जोकोहीले राख्छन्। मनले इच्छाएझैँ च्याङ्ग्राको मासु खान सजिलो भने छैन।

मुस्ताङको स्याउ बजारमा

मुस्ताङको स्याउ काठमाडौँ, पोखरा, बागलुङलगायतका सहरमा पठाउन भ्याइनभ्याई छ। बगैंचामा सङ्कलन गरेर बजारमा पठाउँदा मुस्ताङमै मूल्य प्रतिकिलो रु ८० देखि रु १२५ सम्म पर्छ।

हिमाली च्याङग्रामा ‘बिचौलिया’ हावी

हिमाली जिल्ला मुस्ताङका च्याङग्रा खरिद गर्नका लागि पोखरा, काठमाडौं लगायतका सहरबाट व्यवसायी जाने गर्छन । ती सहरीया व्यवसायीले स्थानीय व्यवसायीसँग च्याङग्रा किनेर पोखरा झार्छन । सहरबाट जाने व्यवसायीले किसानसँग सिधै च्याङग्रा किन्न पाउँदैनन, किनकी पहिल्यै स्थानीय व्यवसायीले किसानसँग किनिसकेका हुन्छन् ।

मुस्ताङी स्याउको स्वाद हरायो

‘असोज पहिलो साताअघि दाना नटिप्न किसानलाई अनुरोध गरेका छौं। छिटो टिप्दा स्वाद नै हरायो,’ थापाले भने, ‘मुस्ताङी स्याउको पहिचान नै गुम्ने डर भयो।’ थापाका अनुसार किसानले भदौ मध्यदेखि नै स्याउ टिप्न थाल्छन्। बगैंचा नै ठेक्कामा लिएका ठेकेदारले बेला नहुँदै टिपेर बजारमा पठाउँदा स्याउमा वास्तविक स्वाद नपाइने गरेको उनले बताए।

बजेट अभावले रोकियो मुस्ताङको कभर्डहलको काम

मुस्ताङको जोमसोमस्थित निर्माणाधिन बहुउद्देश्यीय कभर्ड हलको निर्माण बजेट अभावले रोकिएको छ ।

मुस्ताङी स्याउः नपाक्दै टिप्दा स्वादै हरायो

हिमालपारिको जिल्ला मुस्ताङको स्याउको पहिचान धेरैतिर छ । चिसो हावापानी भएको भूगोलमा फल्ने भएकोले मुस्ताङमा उत्पादित स्याउले धेरै उपभोक्ताको मन पनि जितेको हो । तर, पछिल्लो समय मुस्ताङी स्याउको स्वाद हराउँदै गएको गुनासो आएपछि पूर्ण रुपमा नपाक्दै स्याउ नटिप्न अनुरोध गरिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्