रास्वपा बैठक: संविधानका मूलभूत पक्ष स्वीकार, समायोजनमा छलफल जारी
पहिलो दिनको केन्द्रीय समिति बैठकमा पार्टीमा समाहित भएका पक्षको समायोजन, निर्वाचन टिकट व्यवस्थापन र पार्टीले अंगिकार गर्ने सैद्धान्तिक विषयमा छलफल भएको थियो। जसमा सैद्धान्तिक पक्षको छलफल लगभग टुंगिएको छ।

