३ आश्विन २०८१ बिहीबार
image/svg+xml

पलेशा: फरक क्षमतामा अब्बल

फरक क्षमता भएकी पलेशाको सफलता शृंखलाबद्ध नै छ। एकपछि अर्को ऐतिहासिक सफलतामा उनको नाम जोडिएका छन्। त्यो पनि खेल्न सुरु गरेको छोटो समयमा नै। यसै पनि नेपालमा पारा तेक्वान्दो खेल्न सुरु गरिएको धेरै भएको छैन।

पलेशा–खुसी

पलेशा नेपाललाई नै पहिलो पटक ओलम्पिक पदक जिताउने इतिहासको रचयिता बनिन्। त्यसो त यसअघि पनि टोकियो ओलम्पिकमा दुई बाउट जितेर कीर्तिमान कायम गरेकी उनले गत वर्ष चीनमा आयोजित पारा एसियाली खेलकुदमा पनि कास्य जितेर एसियाडमा पहिलो कास्य भित्र्याउने खेलाडी बन्न सकेकी थिइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्