अझै उथलपुथलको आशामा प्रधानमन्त्री दाहाल
झन्डै चार महिनाअघि अर्थात् फागुन २१ गते सत्ता साझेदार कांग्रेसलाई विभिन्न आरोप लगाउँदै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले नयाँ समीकरण गरेका थिए। कांग्रेसका कारण काम गर्न नसकेको सहित महासमिति बैठकमा पेस गरेका प्रतिवेदनलाई कारण देखाउँदै दाहालले समीकरण तोडेका थिए।