४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

गण्डकी प्रदेशः मन्त्रिपरिषदमा पुरानै अनुहार

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्री परिषद गठन गरेका छन् । गत बैशाख २९ गते दोश्रोपटक मुख्यमन्त्री भएका पृथ्वी सुब्बा गुरुङले आफुसहित ६ सदस्यीय मन्त्री परिषद गठन गरेका हुन् ।

गण्डकीमा मन्त्रिपरिषद् विस्तार

सपथ ग्रहणमा गुरुङले आर्थिक मामिला तथा योजनामन्त्रीको सपथ लिएका थिए भने बस्नेत, लम्साल र पुनले विना विभागीय मन्त्रीका रुपमा प्रदेश प्रमुख सीता पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका थिए।

गण्डकी प्रदेशः मन्त्रिपरिषद् विस्तार हुँदै, तीन बजे शपथ खुवाउने तयारी

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रीपरिषद बिस्तार गर्ने भएका छन् । ब्ुधबार दिउँसो तीनबजे नयाँ मन्त्रीलाई शपथ खुवाउने तयारी भएको छ ।

गण्डकी प्रदेशमा ५८ सय सिलिण्डर, खपत दैनिक ८ सय ५० मात्र

गण्डकी प्रदेशमा सबैगरि ५८०१ वटा सिलिण्डर रहेका छन् । ती सिलिण्डर प्रदेशका जिल्लामा आवश्यक अनुसार प्रयोगमा ल्याउन सकिने निर्देशनालयले बताएको छ । हाल दिनमा प्रदेशभित्र दैनिक ८५० सिलिण्डर मात्र अक्सिजन खपत भईरहेको छ ।

गण्डकी प्रदेशः मन्त्रिपरिषद् गठन हुनै सकेन

मुख्यमन्त्री चयन भएको पाँचदिन बित्दापनि गण्डकी प्रदेशमा मन्त्रिपरिषद बिस्तार हुन सकेको छैन । पृथ्वी सुब्बा गुरुङले आफु मुख्यमन्त्री नियुक्त भएको पाँचदिन बित्दापनि मन्त्रिपरिषद बिस्तार गर्न नसकेका हुन् । मन्त्रिपरिषद बिस्तार नहुँदा सरकारले गर्ने कामकारवाही ठप्प भएको छ ।

गण्डकीमा थप २३ जना संक्रमितको मृत्यु

गण्डकी प्रदेशमा कोरोनाले थप २३ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा सबैभन्दा बढी कास्कीका १० जना रहेका छन् ।

गण्डकी प्रदेशः थप १४ कोरोना संक्रमितको ज्यान गयो

गण्डकी प्रदेशमा थप १४ जना कोरोना संक्रमितको ज्यान गएको छ । गण्डकीका विभिन्न जिल्लाका अस्पतालमा उपचारका क्रममा ती संक्रमितको मृत्यु भएको प्रदेशको स्वास्थ्य निर्देशनालयले बताएको छ ।

गण्डकी प्रदेशमा मुख्यमन्त्री नियुक्ति असंवैधानिक : चार दल

गण्डकी प्रदेशसभाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले गण्डकी प्रदेशमा गरिएको मुख्यमन्त्रीको नियुक्ति असंवैधानिक भएको बताएका छन्।

पृथ्वी सुब्बा गुरुङ पुनः मुख्यमन्त्री बने

गण्डकी प्रदेशमा पृथ्वी सुब्बा गुरुङ पुनः मुख्यमन्त्रीमा नियुक्त भएका छन् । विपक्षी दलहरुले अविश्वास प्रस्ताव ल्याएपछि राजिनामा दिएका गुरुङ दोश्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

गण्डकी प्रदेशमा १६ जनाको ज्यान गयो

गण्डकी प्रदेशमा थप १६ जना कोरोना संक्रमितको ज्यान गएको छ । गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३०४ पुगेको प्रदेशको स्वास्थ्य निर्देशनालयले बताएको छ ।

गण्डकी प्रदेशः जनमोर्चाले संसदीय दलको नेताबाट कृष्ण थापालाई हटायो

राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सांसद कृष्ण थापालाई संसदीय दलको नेताबाट हटाएको छ । संसदीय दलको आज बसेको बैठकले थापालाई दलको नेताबाट हटाउने निर्णय गरेको हो ।

गण्डकीमा राष्ट्रिय जनमोर्चाको अड्को

गण्डकी प्रदेशमा बहुमतको सरकार बन्न सक्ने सम्भावना कम हुँदै गएको छ । कांग्रेसको नेतृत्वमा सरकार बनाउन माओवादी र जसपा तयार नै छन् । तर अविश्वास प्रस्तावमा समर्थन जनाएको राष्ट्रिय जनमोर्चा नयाँ सरकारलाई समर्थन दिन तयार भएको छैन ।

गण्डकी प्रदेश: दुई दिनमा १२ संक्रमितकाे मृत्यु

कोरोना भाइरस संक्रमणले पछिल्लो दुइ दिनमा गण्डकी प्रदेशमा थप १२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सातजना पुरुष र पाँचजना महिला रहेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले बताएको छ ।

गण्डकी प्रदेशः १९ घण्टामा आठजना संक्रमितको ज्यान गयो

गण्डकी प्रदेशमा थप आठजना कोरोना संक्रमितको ज्यान गएको छ । आइतबार दिउँसो १ बजेदेखि सोमबार बिहान ८ बजे (१९ घण्टामा) आठजना संक्रमितको ज्यान गएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले बताएको छ ।

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको छ । गण्डकी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख सीता पौडेलले अधिवेशन अन्त्य गरेकी हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्