४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

पढाउन थालेकी वडासदस्यले भनिन् – 'राजनीति गर्न मन लागेन’

नेचासल्यान गाउँपालिका ५ की वडासदस्य रीताकुमारी शर्माले सोलुदूधकुण्ड नगरपालिका १ हेवास्थित दूधकुण्ड आधारभूत विद्यालयमा नियुक्ति लिएको टाक्सिन्दुका वडासदस्य उत्रमान राईले जानकारी दिए।

भूकम्पपीडित परिवारलाई घर

थुलुङ दूधकोसी गाउँपालिका–९ लोखिम वडा कार्यालयले भूकम्पपीडित स्थानीय एकल महिला रत्नकुमारी राईलाई घर निर्माण गरी हस्तान्तरण गरेको छ। पाँच लाख रुपैयाँको लगानीमा निर्माण गरिएको दुईकोठे एक तले घर भूकम्पपीडित राईलाई थुलुङ दूधकोसी गाउँपालिका अध्यक्ष असिम राईले मंगलबार हस्तान्तरण गरेका हुन्। २०७२ वैशाख १२ गतेको भूकम्पमा उनको घर भत्किएको थियो।

‘मितेरी ट्रस्ट ब्रिज’ बन्ने

जिल्लाका दुई स्थानीय तहको सहकार्यमा ओर्लाङघाटस्थित दूधकोशी नदिमा मितेरी ट्रस्ट ब्रिज निर्माणका लागि निर्माण कम्पनीसँग सम्झौता गरिएको छ।

किसानद्वारा दूधको भाउ बढाउन माग

अहिले दानाको मूल्य बढे पनि दूधको मूल्य नबढ्दा किसान मारमा परेको पशुपालक तथा दूध व्यवसायी रमेश गिरीले बताए। “अहिले गाई तथा भैँसीको दूध प्रतिलिटर रु ५० मात्रै पर्छ तर दाना प्रतिकिलोको करीब रु ४५ सम्म पर्छ”, उनले भने, “यसले किसानलाई प्रतिलिटरमा पाँच रूपैयाँ भन्दा बढी आम्दानी हुँदैन।”

तामा उत्खनन् प्रक्रिया अघि बढ्यो

माप्य दूधकोशी गाउँपालिकास्थित वाकु वाप्सामा रहेको तामा उत्खननका लागि आर्थिक, सामाजिक र वातावरणीय मूल्यांकन गरिने भएको छ। प्रभावित क्षेत्रका सर्वसाधारणले मूल्यांकनमा विरोध जनाएपछि जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना मगरको अध्यक्षतामा मंगलबार बसेको सरोकारवालाको बैठकले खानी तथा भूगर्भ विभागले सीमांकन गरेको ५४ हेक्टर क्षेत्रफलमा आइई गर्ने वातावरण बनेको हो।

जग्गा दान गर्ने दाजुभाइलाई सम्मान

सोलुदूधकुण्ड नगरपालिका–३, तामाखानीमा एक सामाजिक संस्थालाई जग्गा दान गर्ने दाजुभाइलाई सम्मान गरिएको छ।

दूधाैलीकाे माटोमा अम्लीयपन बढ्यो

प्रदेश ३ स्थित सिन्धुलीको दूधौली नगरपालिकामा सरकारले सुरु गर्न लागेको व्यावसायिक चक्लाबन्दी खेती गर्ने भनिएको जग्गाको माटोमा अम्लीयपन भएको पाइएको छ। किसानले रासायनिक मलको अत्याधिक प्रयोग गरेको उक्त खेतबारीको माटो परीक्षण गर्दा माटोमा अम्लीयपनको मात्र बढी देखिएको हो।

बेलिब्रिजका लागि सामग्री ढुवानी सुरु

सोलुखुम्बुको दिप्लीघाटमा राखिने बेलिब्रिजका सामग्री ढुवानी सुरु गरिएको छ । जयरामघाटस्थित सुनकोशी नदीमा राखिएको मौज्दात बेलिब्रिजका सामग्री दिप्लीस्थित दूधकोशी नदीमा राख्न ढुवानी सुरु गरिएको प्रदेश १ का सांसद उत्तम बस्नेतले जानकारी दिए । जयरामघाटमा मोटरेबल निर्माण भएपछि ब्रिजका सामग्री मौज्दातको रुपमा रहेका थिए ।

अस्पतालका लागि करोड उठाउने अभियान

थुलुङ दूधकोसी गाउँपालिका–७ नम्बर वडा कार्यालयले अस्पताल निर्माणका लागि एक करोड रुपैयाँ सहयोग संकलन गर्ने अभियान सुरु गरेको छ। गाउँपालिकाको केन्द्र मुक्लिमा दूधकोसी सामुदायिक अस्पताल बनाउन वडाका नागरिकबाट एक करोड चन्दा संकलन गर्ने लक्ष्यका साथ अभियान थालिएको वडाअध्यक्ष रामसघर्ष किरातीले जानकारी दिए।

लिफ्टिङ खानेपानी आयोजनाको काम गुणस्तरहीन

खोटाङमा दूधकोसीको पानी गाउँमा वितरण गर्ने प्रयासस्वरुप सुरु गरिएको बृहत् पम्पिङ खानेपानी आयोजनाको काम गुणस्तरहीन पाइएको छ। सुक्खाग्रस्त क्षेत्र घोषित हलेसी तुवाचुङ नगरपालिकाका ७ वडाको खानेपानी समस्या समाधान गर्न सुरु गरिएको करोडौंको आयोजनाको वितरण लाइनतर्फको काम गुणस्तरहीन भएको पाइएको हो। नगरप्रमुख इवन राई नेतृत्वको टोलीले माघ २४ गते गरेको अनुगमनका क्रममा वितरण लाइनअन्तर्गत हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा निर्माणाधीन ७० हजार लिटर क्षमताको आरभिटी ट्यांकीको जग निर्माणलगायतका काममा त्रुटि भेटेको छ।

दूधको गुणस्तर कायम राख्ने प्रतिबद्ध

अघिल्लो वर्ष दूध तथा दुग्धजन्य पदार्थको धेरै खपत हुने सिजनमा दूधको गुणस्तरबारे धेरै कुराहरु सतहमा आए। यसबाट उपभोक्ताहरु दूध र दुग्धजन्य उत्पादनहरुको सेवनमा हच्किए। अवस्था गम्भीर देखेपछि नीति बनाउने कृषि मन्त्री स्वयं नै आक्रामक शैलीमा डेरी उद्योग अनुगमनमा निस्किए।

‘झोला’मा वडा कार्यालय

माप्य दूधकोसी गाउँपालिका–५ को कार्यालय नहुँदा झोलाबाटै काम गर्ने गरिएको छ। स्थानीय तह निर्वाचन भएको डेढ वर्ष बित्दा पनि वडा कार्यालयको व्यवस्था नहुँदा स्थानीय जनप्रतिनिधिले झोलाबाटै कार्यालय सञ्चालन बाध्य भएका हुन्।

‘उज्यालो नगर’ बनाउने तयारी

सोलु दूधकुण्ड नगरपालिकाले ‘उज्यालो नगर’ निर्माणको तयारी थालेको छ। विद्युत् नपुगेका स्थानमा विद्युतीकरण गर्ने र लोडसेडिङ हटाउन्दै जानेगरी गाउँपालिकाले योजना बनाइरहेको छ। नगर क्षेत्रमा विद्युत् वितरण गर्दै आएको सल्लेरी च्याल्सा विद्युत् कम्पनी र निर्माणको अन्तिम चरणमा पुगेको अप्पर सोलु लजविद्युत्को ट्रान्सफर्मरबाट ११ केभी प्रसारण जोड्नेगरी अवधारणा अघि सारिएको छ।

दूधकोसी जलविद्युत् आयोजनाको अवरोध हट्यो

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका स्थानीयले दूधकोसी जलाशययुक्त जलविद्युत आयोजनाको काममा गरेको अवरोध हटाएको छ। धितुङका स्थानीय र आयोजनाबीच सोमबार तीनबुँदे सहमति भएपछि आयोजनाको काममा स्थानीयको अवरोध हटेको हो।

सोलुखोला दूधकोसीको काम ठप्प

८६ मेगावाट क्षमताको सोलुखोला दूधकोसी जलविद्युत् आयोजना निर्माणको काम ठप्प भएको छ। थुलुङ दूधकोसी गाउँपालिका–३ पन्चनमा निर्माण भइरहेको जलविद्युत् आयोजनाको काम तीन महिनादेखि ठप्प भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्