४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

दूधको मूल्य बढाउन सिफारिस

उत्पादन लागतका आधारमा बजार विश्लेषण गरेर दूधको मूल्य निर्धारण गर्न सरकारले गठन गरेको कार्यदलले दूधको मूल्य बढाउन सिफारिस गरेको छ।

दूध खोसाखोस गर्दै ठूला डेरी

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान र निजी डेरीहरूबीच दूध संकलनमा प्रतिस्पर्धा सुरू भएको छ। भारतबाट पाउडर दूध आयात रोकिँदा दूधको पर्याप्तता कम भई किसानले उत्पादन गरेको दूध संकलनमा ठूला डेरी उद्योगबीच प्रतिस्पर्धा सुरू भएको हो।

कृषकलाई चार तहमा वर्गीकरण गरी अनुदान दिइने

गल्याङ नगरपालिकालाई सेतो शहर (दूधको शहर)का रुपमा विकास गर्ने गरी योजना बनाएको नगरपालिकाले कृषि र पशुपालनलाई व्यावसायिकता प्रदान गर्ने नीति अगाडि सारेको नगर प्रमुख भुपराज अधिकारीले बताए।

डिपिआर निर्माण अन्तिम चरणमा

खोटाङको रावाबेंसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–६ भदौरेको सिमानामा पर्ने ६ सय ३५ मेगावाटको दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाको डिपिआर निर्माण अन्तिम चरणमा पुगेको छ।

दूधको मूल्य १० रुपैयाँ बढाउन माग

किसानले दूधको मूल्यमा प्रतिलिटर १० रुपैयाँ बढाउनुपर्ने माग गरेका छन्। पछिल्लो तीन वर्षदेखि दूधको मूल्य नबढेको भन्दै किसानले मूल्य बढाउनुपर्ने माग राखेका हुन्।

हावाहुरीले मकै खेती सखाप

आइतबार र सोमबार आएको हावाहुरीले सोलुदूधकुण्ड नगरपालिका क्षेत्रकाकरिब एक हजार हेक्टरमालगाइएको मकै खेतीमाक्षति पु¥याएको छ। भर्खर चमरहाल्दै गरेको मकै हावाहुरीले ढालेपछि किसानले क्षतिको मूल्यांकन गरी राहतकालागि स्थानीयसरकार र प्रशासनगुहारेका छन्।

दूधको अनुदानमा निरन्तरता

दूध उत्पादन र बजारीकरण सहकारीमा आवद्ध कृषकलाई प्रदेश ३ सरकारले एक करोड ५५ लाख रुपैयाँ प्रतिफलमा आधारित प्रोत्साहन अनुदान (आउटपुट बेस्ड सब्सिडी) वितरण गरेको छ।

‘सोलुदूधकुण्ड’ले ल्यायो ५० करोडको बजेट

सोलुदूधकुण्ड नगरपालिकाले आगामी आर्थिक वर्ष ०७६/७७ का लागि ५० करोडभन्दा बढीको बजेट ल्याएको छ। असार १० गते नीति तथा कार्यक्रम ल्याएको नगरपालिकाले आइतबार पाँचौ नगरसभाबाट आगामी आवका वार्षिक बजेट ल्याएको हो।

चितवन दूधमा आत्मनिर्भर

चितवन जिल्लालाई दूधमा आत्मनिर्भर घोषणा गरिएको छ।जिल्लामा आवश्यक परिमाणभन्दा धेरै उत्पादन भएकाले बुधबार जिल्लालाई आत्मनिर्भर घोषणा गरिएको हो।जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले बुधबार रत्ननगरमा कार्यक्रम गरेर चितवनलाई दूधमा आत्मनिर्भर जिल्ला घोषणा गरियो।

शिक्षक सरुवा कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

थुलुङ दूधकोसी गाउँपालिकाले गरेको शिक्षक सरुवा आगामी असार ३ गतेसम्म कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। शिक्षक सरुवाविरुद्ध अदालतमा परेको रिटको आधारमा शुक्रबार न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो।

माझी बस्तीमा नदीको पानी

माझीबस्ती रहेको खोटाङको बडहरेस्थित घोपाटारमा दूधकोसीको पानी तानेर सिँचाइको प्रयास थालिएको छ। हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेको घोपाटारमा करिब ९० मिटर तल रहेको दूधकोसीको पानी निकालेर सिँचाइको प्रयास थालिएको हो। नगरपालिकाको दुई लाख ४० हजार र समुदायको लगानीमा १० हर्सपावरको डिजेल पम्पले पानी तानेर माझीबस्तीमा निकाल्ने योजनाको काम थालिएको वडाध्यक्ष किशोर बस्नेतले बताए।

दूधमा असल उत्पादन अभ्यास लागू गरिदैँ

पनौती नगरपालिकाले दुग्ध शृंखला (भ्यालु चेन)का सबै सरोकारवालाहरुको सहभागितामा दूध तथा दुग्ध पदार्थको स्वच्छता र गुणस्तर कायम राख्नका लागि असल दूध उत्पादन अभ्यासमा जोड दिन थालेको छ। यस अभ्यासअन्तर्गत उत्पादक किसान, संकलक, चिस्यान केन्द्र, प्रशोधन, भण्डारण, ढुवानी तथा बिक्री वितरणमा संलग्न सबै सरोकारवालालाई दक्ष र सक्रिया बनाउने नीति लिइएको छ।

विद्यालय मर्ज र कक्षा घटुवा

थुलुङ दूधकोसी गाउँपालिकाले शैक्षिक सुधारका लागि पाँचवटा विद्यालयका कक्षा घटुवा गर्ने र एउटा विद्यालयलाई मर्ज गर्ने निर्णय गरेको छ। कार्यपालिका बैठकले वडा नं १ नेलेको आहालेस्थित हिमालचुली आधारभूत विद्यालयलाई नेलेकै घुर्मिसेस्थित बुद्ध आधारभूत विद्यालयमा गाभ्ने निर्णय गरेको हो। जुबु काहुलेस्थित जनज्योति आधारभूत विद्यालय र मुक्ली मैदेलस्थित चित्रगुप्ता आधारभूत विद्यालय कक्षा घटुवामा परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्