४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

अनुदान कटौतीपछि दूध किसान आन्दोलित

दुग्ध विकास संस्थान (डिडिसी)ले दिँदै आएको अतिरिक्त सुविधा (अनुदान) कटौती गरेपछि दूध किसान आन्दोलित भएका छन् । दूध उत्पादनमा प्रोत्साहित गर्न डिडिसीले चितवन, काभ्रे, मकवानपुर जिल्लामा दिँदै आएको थप रकम कटौती गरेपछि चितवनका किसानले सडकमा दूध पोखेर विरोध जनाएका छन्।

दूधमा कोलिफर्म भेटिएपछि कडाइ गर्दै सरकार

पाकेटको दूधमा कोलिफर्म नामको जिवाणु भेटिएपछि सरकारले दूध उद्योगमा कडाइ गर्ने भएको छ । २३ वटा डेरी उद्योगका ३३ वटा ब्रान्डको दूध परीक्षण गर्ने क्रममा कोलिफर्म भेटिएपछि सरकारले दूध उद्योगलाई कडाइ गर्ने भएको हो ।

अर्ब लिटर दूध उत्पादन बढाउने

यहाँको उत्पादनले बजारको माग नधानेर विदेशबाट दूध आयात भैरहेको अवस्थामा सरकारले आगामी तीन वर्षमा दूध उत्पादन करिब एक अर्ब लिटर बढाउने योजना बनाएको छ ।

तीन वर्षमा दूधमा आत्मनिर्भर

प्रदेश ४ लाई आगामी तीन वर्षभित्र दूधमा आत्मनिर्भर प्रदेश बनाउने योजना रहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले जनाएका छन् ।

गुणस्तरहीन दूध उत्पादन गर्ने डेरीमा सिल

सरकारले गुणस्तरहीन दूध उत्पादन गर्ने दुई उद्योगमा सिल गरेको छ । बालाजु औद्योगिक क्षेत्रको आधुनिक डेरी प्रोडक्ट प्रालि र पुष्प दूधका नाममा बिक्री वितरण गर्दै आएको पुष्प डेरी फर्मको गोदाममा सिल गरेको हो।

दूध बोक्ने ट्याङ्कर त्रिशूलीमा खस्यो

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत कालीखोलामा आइतबार बिहान दूध बोक्ने ट्याङ्कर सडकबाट त्रिशूलीमा खस्दा एकजना घाइते भएका छन्।

दूधकोसी जलविद्युत् आयोजनाको परीक्षण सुरुङ निर्माणको तयारी

खोटाङको रावाबेसी गाउँपालिका र ओखलढुंगाको चिसंखुगढी गाउँपालिकाको सिमामा पर्ने आठ सय मेगावाटको दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाको परीक्षण सुरुङ निर्माणको तयारी गरिएको छ ।

मिल्क होलिडेको डरमा दूध उत्पादक किसान

पशुपालन गरेर दूध उत्पादनमा लागेका किसान दूध बिक्री नहुँदा समस्यामा छन् । नेपाल दूध उत्पादनमा आत्मनिर्भर नभए पनि किसानले उत्पादन गरेको दूध बिक्री नहुने समस्या छ । अहिले बजार नपाएर दूध फाल्नुपर्ने अवस्था आएको व्यावसायिक पशुपालक कृषक समाज रत्ननगरका अध्यक्ष किशोर बगाले बताउँछन् ।

दूधकोशीमा प्रताप मल्ल

नेपालको पुराविद्याको खोजी गर्ने जीवित नेपाली विद्वान्हरूमा वर्षिष्ठ अर्थात् सबभन्दा वृद्ध र विद्यावृद्ध ज्ञानमणि नेपाल (वि.सं. १९८९ मा जन्म)को ठूलो अवदान नेपालको राजनीति–इतिहासको, नेपाली साहित्यको र नेपालमा रचिएको संस्कृत साहित्यको खोजीमा छ।

सोलु–दूधकोसीकोे आइपिओ अाउँदै

मुलुककै सबैभन्दा ठूलो ८६ मेगावाट क्षमताको सोलु–दूधकोसी जलविद्युत् आयोजनाले आइपिओ जारी गर्ने तयारी गरेको छ । स्वदेशी निजी क्षेत्रको लगानीबाट सोलुखुम्बुमा निर्माण गर्न लागिएको आयोजनाले आइपिओ जारी गर्ने भएको हो।

दूध बेचेर दैनिक १० लाख

भूकम्पपछि धर्मराएको दुग्ध व्यवसाय लयमा फर्केको छ । भूकम्पले ढालेका घर, गोठमा किचिएर हजारौं गाई, भैंसी मरेपछि तहसनहस दुग्ध व्यवसाय झन्डै तीन वर्षपछि पूर्ववत् अवस्थामा फर्केको हो।

सिताराम दूधको बिक्री केन्द्र कुलेश्वरमा

सिताराम गोकुल मिल्क्स्ले आफ्नो आधिकारिक बिक्री केन्द्र कुलेश्वरमा सञ्चालन गरेको छ । बिक्री केन्द्रमा सिताराम गोकुल मिल्क्स्द्वारा उत्पादन गरिएको दूध, घ्यू, पनिर, बटर, दही तथा पेडा पाउने कम्पनीले जनाएको छ।

दूधकोसीको पानी गाउँमा लैजाने आयोजना सुरु

धार्मिक पर्यटन गन्तव्य हलेसी क्षेत्रमा दूधकोसी नदीको पानी निकाल्न ‘खोटाङ वृहत खानेपानी आयोजना’ को काम सुरु गरिएको छ । हलेसी तुवाचुङ नगरपालिकाका सातवटा वडामा दूधकोसीको पानी लिफ्ट गर्न आयोजनाको काम थालिएको हो।

जहाँ धाराबाट दूध आउँछ

धाराबाट के आउँछ ? जवाफका लागि पर्खिनु नै पर्दैन–‘पानी’ । लतिलपुरको इकुडोलमा भने धाराबाट पानीमात्र होइन, दूध पनि आउँछ । किसानको घरबाट दूध संकलन केन्द्रसम्म दैनिक धाउनुपर्ने बाध्यता अन्त्य गर्न यस्तो तरिका अपनाइएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्