४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

जीप दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुल्यो

बागलुङमा पिकअप जीप दुर्घटना हुँदा मृत्यु भएका दुई जनाको पहिचान खुलेको छ। जिल्लाको गलकोट नगरपालिकाबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग १ च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका–५ ठूलढुङ्गा भन्ने ठाउँमा दुर्घटना हुँदा मृत्यु भएका दुबै जनाको पहिचान खुलेको प्रहरीले जनाएको छ।

बागलुङ विद्यालयमा अतिथि शिक्षक कार्यक्रम सञ्चालन

जिल्लाको बागलुङ नगरपालिकाले भने अब एउटा विद्यालयको शिक्षकलाई अर्को विद्यालयमा पढाउन पठाउने भएको छ।

बागलुङ कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

जिल्ला कारागार बागलुङमा क्षमता दोब्बर कैदीबन्दी राखिएको छ। कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राख्दा विभिन्न समस्या निम्तिएका छन्।

गलकोट दरबार संरक्षण गरिँदै

बागलुङको पुरानो सदरमुकाम रहेको गलकोटको हरिचौर बजारमा तत्कालीन मल्ल राजाले राज्य गरेको गलकोट दरबार पर्यटकीय हब बनेको छ। हरिचौरको मुख्य आकर्षक भनेको गलकोट राज्य सञ्चालन भएको गलकोट दरबार नै हो।

बागलुङ बसपार्क सञ्चालनको तयारी

जिल्ला सदरमुकाम रहेको बागलुङ नगरपालिका—४ मा निर्माण भएर पनि अलपत्र बसपार्क सञ्चालनका लागि नगरपालिकाले पहल थालेको छ।

तमानलाई ‘मौलिक गाउँ’ बनाइँदै

बागलुङको तमानखोला गाउँपालिका-३ मा पर्ने यो गाउँ निकै रमणीय छ। परम्परागत रूपमा बनेका घर, यहाँ बस्ने मगर समुदायको बोलीचाली र सरल व्यवहारले आगन्तुकलाई स्वागत गरिरहेको छ।

महासंघ अध्यक्ष ढकाललाई बागलुङमा सम्मान

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई गृह जिल्ला बागलुङमा आधा दर्जन बढी संघसंस्थाले सम्मान गरेका छन्।महासंघको अध्यक्ष भएपछि शनिबार गृह जिल्ला पुगेका ढकाललाई बागलुङ उद्योग वाणिज्य संघ, बागलुङ नगरपालिका, परिवार नियोजन संघ, महिला हित संरक्षण, बागलुङ नगरपालिका वडा नं १२ अमलाचौरमा विभिन्न संस्थाले स्वागत तथा सम्मान गरेका हुन्।

जेसिज कपको उपाधि श्रीमेहर गणलाई

वीर गोर्खाली युवा क्लब बागलुङलाई १–० ले पाखा लगाउँदै अर्ना जेसिज कप २०२३ को उपाधि श्रीमेहर गण घोडाबाँधे बागलुङले जितेको छ।

पाल्पाको तिनाउमा बस दुर्घटनामा एकको मृत्यु, ३८ घाइते

बुटवलदेखि बागलुङको बुर्तिबाङ आउँदै गरेको यात्रुबाहक बस दुर्घटनामा परेको छ। आज बिहान बुटवलदेखि बुर्तिबाङतर्फ आउँदै गरेको लु१ख ५९५६ नम्बरको बस पाल्पाको तिनाउ गाउँपालिका–५ जोरधारा नजिकै बिहान ९ बजे दुर्घटनामा परेको हो।

पातीहाल्नेमा बढ्यो पर्यटकको चहलपहल

राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको मध्यपहाडी लोकमार्गमा पर्ने पातीहाल्नेमा पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल बढेको छ।

चैतेदशैँमा बागलुङको कालिकामा दर्शनार्थीको घुइँचो

प्रसिद्ध बागलुङ कालिका भगवती मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ। चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँको अवसरमा यहाँ भक्तजनको घुइँचो लागेको हो।

कालिका मन्दिर परिसरमा आजदेखि चैते दसैं मेला

बागलुङ कालीका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा आजदेखि १७ गतेसम्म कालिका मन्दिर परिसरमा ऐतिहासिक चैत्राष्टमी मेला सुरु हुँदैछ।

चैत्र नवरात्र सुरु, बागलुङ कालिकामा विशेष पूजा

आजदेखि नवरात्र सुरु भएको छ। चैते दशैंसमेत भनिने यस पर्वमा दुर्गा भवानीको विशेष उपासना गरिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्