भाग्यरेखा
सुन्तलीको चिल्लो निधारमा आमाले कहिले कतै धर्सा देख्नु भएको थिएन।
मीठो मुस्कुराउने कला, टक्करबाट सिकेको हुँ, मैदानको महिमा मैले, अक्करबाट सिकेको हुँ। बुटाबगरमा भेटिने गर्छन्, सिकाउने गुरू तर, होश सम्हाली हिंड्नचाहिं, ठक्करबाट सिकेको हुँ।
यतिउति भनी किन नाप्छौ प्रेम जोखेर जोखिन्छ र,चाहँदै हुन्छ के कसैले भाग्य बोकेर बोकिन्छ र! फुत्तफुत्त बितिदिन्छ बुढ्यौली डाक्दै समय पनि,जवानीको धीत बाँकी भन्दै यो रोकेर रोकिन्छ र!
घरि एउटा, घरि अर्को, यो देश लुट्ने पालो नबनाऊ,यहाँ कालोलाई सेतो, सेतोलाई फेरि कालो नबनाऊ। सम्झ नेपालीको इज्जत, पुर्खाको त्यो सान, चन्द्रसूर्य अंकित झण्डालाई, मागी खाने टालो नबनाऊ।
कैयौं चोट सहीसही मीठो धुन दिन्छ मादलले,आफू रोएर अरूलाई शीतलता दिन्छ बादलले। अरूलाई खुशी पार्न मूल्य चुकाउनुपर्छ हजुर, आफू खिएरै भए पनि सुन्दरता भर्छ गाजलले।