२१ आश्विन २०८१ सोमबार
image/svg+xml

बाढीपहिरो पीडितलाई दिए राष्ट्रपतिले एक महिनाको तलब सुविधा

राष्ट्रपति रामचन्द्र पौडेलले बाढी, पहिरो र डुवान प्रभावितहरुका लागि आफ्नो एक महिनाको तलब सुविधा उपलब्ध गराउन घोषणा गरेका छन्।

बिहीबारदेखि दसैँ सुरु, भक्तपुरका यी ठाउँंहरुमा लाग्दैछन् मेला

दसैँको सुरुवातसँगै भक्तपुरमा हुने नवरात (नौ राते) मेला भोलि बिहीबारदेखि सुरु हुँंदैछ। प्रत्येक वर्ष दसैँको घटस्थापनासँगै सुरु हुने नौ राते मेला यहाँका विभिन्न नौ शक्तिपीठहरुमा दैनिक फरक फरक दिनहरूमा लाग्ने गर्दछ।

नेपाली जातप्रथाका निषेधित प्रेम कथाहरु

रामसँगको प्रेमको बाबजुद, कुनै भारतीयसँग विवाह गरिदिने बुबाको इच्छा रहेको रामकी श्रीमती बबिता इसर बताउँछिन् । त्यसैले उनीहरु भागेका थिए । त्यतिबेला २१ वर्ष उमेरकी इसरलाई केवल १२ वर्षकी रहेको दाबी गर्दै इसरका बुबाले अपहरणको उजुरी दिए ।

टेलिफोन र इन्टरनेट सेवा प्रदायकको करिब ३० करोडको क्षति

केही दिनअघि निरन्तर वर्षाका कारण सिर्जित बाढीपहिरो, डुबानलगायत समस्याबाट टेलिफोन र इन्टरनेट सेवा प्रदायक कम्पनीको करिब ३० करोड बराबरको क्षति भएको प्रारम्भिक आकलन गरिएको छ।

उदयपुरका २ सहित आधा दर्जन युवा लागू औषध आरोपमा पक्राउ

प्रतिबन्धित लागू औषध साथमा लिएको अवस्थामा उदयपुरका दुई सहित विभिन्न ठाउँका आधा दर्जन युवा प्रहरी नियन्त्रणमा परेका छन् । उदयपुर, मोरङ र सुनसरीका ३ छुट्टाछुट्टै ठाउँबाट उनीहरूलाई बुधवार प्रतिबन्धित लागू औषधसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

जनतालाई प्रत्यक्ष लाभ दिने कुरामा जोड दिऔँ: सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले सङ्घीयताको माध्यमबाट जनतालाई प्रत्यक्ष लाभ दिने कुरामा जोड दिनुपर्ने बताएका छन् ।

विपदबाट ६ अर्ब रुपैयाँ बराबरको बालीनाली नोक्सानी भयो: मन्त्री अधिकारी

कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले असोज ११ र १२ गते आएको विपदका कारण ६ अर्ब रुपैयाँ बराबरको बालीनालीमा नोक्सानी भएको बताएका छन् ।

न्याय परिषद्को विश्वसनीयता अभिवृद्धि गर्न विशेष जोड दिनेछु: प्रस्तावित प्रधानन्यायाधीश राउत

प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्याय परिषद्को विश्वसनीयता अभिवृद्धि गर्न आफूले विशेष जोड दिने बताएका छन् ।

निर्माण व्यवसायीहरुको २० अर्ब रुपैयाँ भुक्तानी भएको छ: अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीहरुको २० अर्ब रुपैयाँ भुक्तानी भएको बताएका छन् ।बुधवार सिंहदरबार स्थिति अर्थ मन्त्रालयमा निर्माण व्यवसायी महासंघको ध्यानाकर्षण पत्र बुझ्दै अर्थमन्त्री पौडेलले यस्तो कुरा बताएका हुन।

सुनसरीको तरहरामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

सुनसरीको तरहरासहित आसपासका क्षेत्रमा अहिले भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार बुधबार बिहानदेखि कोशी प्रदेशका केही ठाउँमा भारी वर्षा भइरहेको हो।

अख्तियारको टोली नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा,केही कागजपत्र बरामद

नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालयबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ ।

बिक्रीका लागि तयार भयो सयपत्री

तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित याञ्चोकमा रोपिएको सयपत्री बिक्रीका लागि तयार भएको छ। यान्चोक लघुउद्यम महिला सङ्घले गत साउन २५ गते रोपेको सयपत्री बिक्रीका लागि तयार भएको हो।

राहत र पुनर्स्थापनाका लागि सुनकोशी गाउँपालिकाले माग्यो सहयोग

सिन्धुलीको सुनकोशी गाउँपालिकाले सार्वजनिक सूचना जारी गरेर बाढीपीडितका लागि सहयोग मागेको छ । गत शुक्रवार देखि आइतबारसम्म परेको अविरल वर्षाले सिन्धुलीको सुनकोशी गाउँपालिकामा व्यापक क्षति गरेपछि राहत उद्धार तथा पुनर्स्थापनाका लागि गाउँपालिकाले सार्वजनिक सूचना जारी गरेरै आर्थिक तथा प्राविधिक सहयोग मागेको गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहालले जानकारी दिइन ।

बुद्धजन्मस्थल लुम्बिनी, पर्यटन र आर्थिक समृद्धि

लुम्बिनीलाई स्वयम् गौतम बुद्धले समेत बोधगया, सारनाथ र कुशीनगरसहित अति महत्वपूर्ण चार तीर्थस्थलहरू मध्ये एक हो भनी मान्नु भएको कुरा बौद्ध ग्रन्थहरूमा पनि उल्लेख गरिएको छ ।

नौ महिनामा भित्रिए आठ लाख बढी विदेशी पर्यटक

सन् २०२४ को नौ महिनामा आठ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार यस वर्षको जनवरीदेखि सेप्टेम्बरसम्म आठ लाख १६ हजार तीन सय ३९ पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्