३ आश्विन २०८१ बिहीबार
image/svg+xml

सिमलताल दुर्घटनाः बेपत्ता २ जनाको शव भारतमा भेटियो, सनाखत हुन बाँकी

सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाका अनुसार बिहीवार भारतको पश्चिम चम्पारण बगाहामा दुई वटा शव फेला परेका हुन्। फेला परेका दुबै शव पुरुषको रहेको उनले बताए।

भरतपुर महानगरले दियो सिमलताल दुर्घटनामा मृत्यु भएका सुदिपका परिवारलाई दुई लाख

भरतपुर महानगरपालिकाले असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेर मृत्यु भएका सुदिप वि.क.का परिवारलाई दुई लाख रुपैयाँ प्रदान गरेको छ।

सिमलताल दुर्घटनाः फेला परेका १९ शवमध्ये १४ को सनाखत

चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रीमध्ये हालसम्म १९ को शव फेला परेको छ।

सिमलताल दुर्घटना: कार्यदललाई दिए स्थानीयले सुझाव

चितवनको सिमलतालमा पहिरोले दुई वटा बस बगाएको विषयको अध्ययन गर्न बनेको कार्यदलका सदस्यहरू घटनास्थलको वस्तुस्थिति बुझेर फर्किएको छ ।

सिमलताल पहिरोः बेपत्ता चालकका ३ छाेराछाेरी वीरगञ्ज महानगरले पढाउने

वीरगञ्ज महानगरपालिकाले सिमलताल पहिरोमा परी हराइरहेका एञ्जल बसका चालक जवाहीर महतोको तीनजना छोराछोरीको अध्ययनको सम्पूर्ण जिम्मेवारी लिने भएको छ ।

सिमलताल पहिरोकाे मृतकका परिवारलाई मधेस सरकारले एक लाख दिने

मधेस प्रदेश सरकारले गत असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेस प्रदेशका मृतकका परिवारलाई रु एक लाखका दरले राहत दिने भएको छ।

सिमलताल घटना प्रभाव : साउने सङ्क्रान्तिमा पनि सुनसान रह्यो देवघाट

साउने सङ्क्रान्तिमा हरेक वर्ष भक्तजनको घुइँचो लाग्ने देवघाटधाम मंगलबार सुनसान देखिएको छ । संक्रान्तिका दिन बिहानैदेखि भक्तजन आएर यहाँ स्नान गर्ने, पवित्र जल चढाउने र शिवको आराधना गर्ने प्रचलन छ ।

सिमलताल बस दुर्घटना: गणपति बसका चालक र सहचालकको शव फेला

चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका गणपति डिलक्स बसका चालक र सहचालकको शव फेला परेको छ।

सिमलताल पहिरोः स्लाइनपानीको भरमा छिन् जवाहीरकी पत्नी प्रतिमा

उनको पति जवाहीर महतोले चलाएको बागमती प्रदेश ०३ ०१–०० ख १५१६ नम्बरको एञ्जल डिलक्स रात्रिबस गत शुक्रबार बिहानीपख भरतपुर महानगरपालिका–२९ सिमलताल नजिकै पहिरोमा परेर बेपत्ता भएको खबर सुनेसँगै प्रतिमाको अवस्था भने झनझन नाजुक बन्दै गइरहेको छ।

सिमलताल दुर्घटनाः भारतीय सीमा नजिकै शव भेटिएपछि सीमावर्ती जिल्लामा समन्वय सुरु

नारागणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट पहिरोसँगै खसेर बेपत्ता भएको बस र यात्रुको खोजीका क्रममा सीमावर्ती भारतीय जिल्लासँग समन्वय सुरु भएको छ।

सिमताल पहिरोः १५ जनाको शव भेटियो, आठको सनाखत

चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये १५ जनाको शव भेटिएको छ।

चार दिनमा पनि भेटिएनन् ४८ यात्रु, आज पनि खोजी जारी

सशस्त्र प्रहरी बलको कुरिनटारस्थित बेस क्याम्पका विपद् उद्धारका सबैभन्दा दक्ष ९० सहित १६७ जनाभन्दा बढी सशस्त्र प्रहरी परिचालन गरिएको छ भने नेपाली सेनाले पनि उत्तिकै संख्यामा उद्धारकर्मी परिचालन गरेको छ।

सुस्तामा भेटिएका दुवै शवको पहिचान खुल्यो, एकजना भरतपुरका एकजना रौतहटका

त्रिवेणीस्थित सुस्ता नहरमा आइतवार फेला परेका दुवै शवको पहिचान खुलेको छ।

११ शव भेटिए, सनाखत भएका ५ जनाको शव परिवारलाई जिम्मा लगाइयो

फेला परेका शव मध्ये पाँचजनाको सनाखत भइसकेको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ।

त्रिशूलीमा बेपत्ता दुबै बस र यात्रुहरूको खोजी कार्य आज पनि जारी

त्रिशूली नदीमा बेपत्ता भएका दुबै बस र यात्रुहरूको खोजी कार्य आज पनि जारी छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्