३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

सिमलताल दुर्घटनाः बेपत्ता २ जनाको शव भारतमा भेटियो, सनाखत हुन बाँकी

सिमलताल दुर्घटनामा बेपत्ता भएकामध्य थप २ जनाको शव फेला परेको छ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाका अनुसार बिहीवार भारतको पश्चिम चम्पारण बगाहामा दुई वटा शव फेला परेका हुन्। फेला परेका दुबै शव पुरुषको रहेको उनले बताए।

उनले भारतीय सीमा सुरक्षा बल (एसएसबी) को टोलीले ती शव फेला पारेको भन्दै शवको सनाखत हुन भने बाँकी रहेको जानकारी दिए।

उनले पानीमा शव गलिसकेका कारण महिला र पुरुष भनेर छुट्याउन र सनाखत गर्न समस्या भइरहेको पनि बताए।

जिल्ला प्रशासन कार्यालय चितवनले सीमाना क्षेत्र नजिकै दुर्घटनामा बेपत्ता भएकाहरूको शव फेला पर्न थालेपनि समन्वयनका लागि भारतीय सीमावर्ती सुरक्षा निकायसँग आग्रह गरेको थियो।

गत शुक्रवार चितवनको सिमलतालमा काठमाडौँबाट रौतहट जाँदै गरेको बस र वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बस लेदोसहितको परेर बेपत्ता भएको थियो। बसमा ६५ जना यात्रु सवार रहेकोमा ३ जनाले ज्यान जोगाएका थिए भने अन्य ६२ जना बेपत्ता छन्।

प्रकाशित: ४ श्रावण २०८१ ११:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App