२३ आश्विन २०८१ बुधबार
image/svg+xml

नेपाल वायुसेवा निगमका तीन वटा जहाज ग्राउण्डेड हुँदा अन्तर्राष्ट्रिय उडान प्रभावित

अन्तिम समयमा उडान रद्ध हुँदा अन्तर्राष्ट्रिय मापदण्डअनुसार यात्रुहरुको व्यवस्थापन र टिकटमा मंगलबारको उडानबाट एक करोड रुपैयाँ गुमाउन पुगेको छ।

कुलमान घिसिङलाई कारबाही गर्नुहुँदैन: सांसद केसी

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारबाही गर्नु नहुने बताएका छन् ।

‘महिलालाई समान अधिकार स्थापित गर्नुपर्छ’

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुढीले जबसम्म महिलालाई समान अधिकार स्थापित गरिँदैन, तबसम्म देशले कोल्टो फेर्न नसक्ने यथार्थलाई उजागर गरेका छन् ।

वाणिज्य बैंकको ‘काउन्टरसाइक्लिक बफर’ शून्य प्रतिशत कायम

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुको काउन्टरसाइक्लिक बफर शून्य प्रतिशत कायम गरेको छ।

महिना दिनमै प्राधिकरणले कमायो चार अर्ब १९ करोड आम्दानी

आठ वर्ष पहिले लोडसेडिङको तालिका सार्वजनिक गर्ने नेपाल विद्युत् प्राधिकरणले यतिबेला महिना दिनमै बिजुली बिक्री गरी रु चार अर्ब १९ करोड बराबरको आम्दानी गर्न थालेको छ।

एकीकृत समाजवादीमा चुनावी चटारो, पदाधिकारी र पोलिब्युरो सदस्य छानिँदै

गएको असार १६ देखि २० गतेसम्म सम्पन्न भएको नेकपा एकीकृत समाजवादीको १० औं महाधिवेशनमा पदाधिकारीमा सहमति जुट्न नसकेपछि त्यसयता सहमतिको प्रयास चलिरहेको थियो ।

बाढीपीडितको उद्धारमा खटिएका प्रहरी पुरस्कृत

सोलुखुम्बुको थामेका बाढीपीडितको उद्धारमा खटिएका १३ जना नेपाल प्रहरीलाई पुरस्कृत गरिएको छ।

पर्यटनको चित्र

हाल स्वयं सक्रिय नरहेकाले दैनन्दिनरूपमा सूचित नरहे पनि हाम्रो आफ्नो पर्यटन सञ्चार मुलुक बाहिर त्यति सक्रिय र पर्यटक आकर्षित गर्नेखालबाट भइरहेको भने महसुस हुँदैन। राष्ट्रिय ध्वजाबाहकको दयनीय अवस्था यसको एउटा मुख्य कारण हो भने उसको देखासिकीले पनि अन्य धेरै नाम चलेका हवाई सेवा पनि प्रतिस्पर्धामा उत्रने थिए र त्यसको लाभ हाम्रो पर्यटन क्षेत्रले पाउने थियो।

नेपालीलाई हैजाको सास्ती कहिलेसम्म ?

यो वर्ष पनि लगातारको वर्षात्ले देशभर हैजा फैलिएको छ। हैजा लागेर उपचार नपाउनु एउटा पक्ष हो जुन स्वास्थ्य सेवाको पहुँचको कुरासँग जोडिएर आउँछ तर हैजा बर्सेनि किन फैलिन्छ ? त्यस्तो कारण खोज्नु अर्को महत्वपूर्ण पक्ष हो।

उज्यालोको प्रतीक्षाः एक मुठी घाम

सरितका कथाहरूमा कथाका तत्त्वका हिसाबले अब्बल छन्। भाषाबोधगम्य छ। शैली कतै बिम्ब छ त कतै अलंकार। धेरै व्यंग्य छ, अनि ‘ड्रामेटिक आइरोनी’ छ।

कान्ति ताल सञ्चालन सम्बन्धी सम्झौता पत्रको ‘अपव्याख्या’ गर्दै ठेकेदार

सोही सम्झौता पत्रमा उल्लेख गरिएको ‘बोटिङ’ शब्दको अपव्याख्या गरेर अहिले ठेकेदारले प्राकृतिक सिमसारको अस्तित्व मेटाउने गरी मोटर बोट चलाउन खोजेको पाइएको छ।

साफ यु–२० च्याम्पियनसिप: नेपाल र बाङ्लादेशलाई उपाधि उचाल्ने अवसर

बाङ्लादेशको जितमा नायक भने दोस्रो रोजाइका गोलकिपर मोहम्मद आसिफ बने। उनले भारतका केल्भिन सिंह र आकाश तिर्केको प्रहार रोके।

विद्युतीय सवारीमा बढ्दो आकर्षण

पूर्वअर्थ सचिव रामेश्वर खनालले विद्युतीय सवारी साधन प्रयोग गर्न थालेको करिब एक दशक पुग्न थालेको छ।

बल्ल आन्तरिक छलफलमा देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको फागुनमा सम्पन्न महासमिति बैठकबाट सुझावसहित पारित प्रतिवेदन केन्द्रीय समितिबाट संशोधनका लागि आन्तरिक छलफल थालेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्