६ मंसिर २०८१ बिहीबार
image/svg+xml
राजनीति

संविधानका राम्रा पक्षलाई सँगै लिएर हिँड्ने कसम खानुपर्ने समय आयो: बार अध्यक्ष घिमिरे

नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले संविधानका राम्रा पक्षहरूलाई सँगै लिएर हिँड्नुपर्ने बताएका छन्।

केहीले संविधान च्याप्नुपर्छ समेत भन्ने गरेको उल्लेख गर्दै उनले संविधानका राम्रा पक्षलाई सँगै लिएर अघि बढ्नका लागि सबै पक्षले कसम खाएर अघि बढ्नुपर्ने बताए।

अध्यक्ष घिमिरेले संविधान परिवर्तनीय दस्ताबेज भएकाले त्यसमा रहेका कमीकमजोरीलाई केलाएर परिमार्जन गर्नुपर्दछ भन्ने दृष्टिकोण आफूहरूले अघि सारेको पनि स्पष्ट पारे। ठुलो द्वन्द्वका बिच वर्तमान संविधान निर्माणमा गरिएको र त्यसको नेतृत्व स्वर्गीय सुवास नेम्वाङले गर्नुभएको उनको भनाई थियो। सोमवार सर्वोच्च अदालत बार एसोसिएसनले प्रकाशित गरेको  सुवास नेम्वाङ स्मृति ग्रन्थ लोकार्पण कार्यक्रममा बोल्दै अध्यक्ष घिमिरेले नेम्वाङको समझदार व्यक्तित्वको जति चर्चा गरे पनि कमै हुने बताए।

अध्यक्ष घिमिरेले संविधानमा देखिएको कमी हटाउनका लागि यसका प्रावधानहरू केलाएर हेर्नुपर्ने आवश्यकता पनि औँल्याए । 

प्रकाशित: १२ कार्तिक २०८१ १८:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App