आइसिसी टी–२० विश्वकप अघि नेपालले आज संयुक्त अरब एमिरेटस (यूएई)सँग वार्मअप खेल खेल्दै छ। मंगलबारको खेल चेन्नईको एमए चिदम्बरम् स्टेडियममा नेपाली समय अनुसार बेलुका ५ः१५ मा सुरु हुनेछ। नेपालले यसपछि दोस्रो वामअर्प खेलमा बिहिबार क्यानडाको सामना गर्नेछ।
यो वार्मअप खेलअघि नेपाली टोलीले श्रीलंका ‘ए’ र मुम्बईमा एमसीए प्रेसिडेन्ट–११ सँग अभ्यास खेल खेलेको थियो। टी–२० विश्वकप यही आउँदो शनिबारबाट सुरु हुँदैछ। नेपालले आउँदो आइतबार इंगल्यान्डसँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ।
प्रकाशित: २० माघ २०८२ ११:२६ मंगलबार



-600x400.jpg)

