नायक नबल खड्का बने खोटाङ सेवा समाजको अध्यक्ष
चलचित्र अभिनेता नबल खड्का खोटाङ सेवा समाजको अध्यक्ष चयन भएका छन्। राजधानी काठमाडौंमा आइतबार राति सम्पन्न समाजको ११औँ राष्ट्रिय अधिवेशनबाट चलचित्र निर्देशकसमेत रहेका अभिनेता खड्कालाई सर्वसम्मत अध्यक्ष चयन गरिएको हो।

