१० मंसिर २०८१ सोमबार
image/svg+xml

विपद्जन्य घटनामा एक सय २४ को मृत्यु

अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोलगायतका विपद्मा परी बुधवारसम्म मृत्यु हुनेको सङ्ख्या एक सय २४ पुगेको छ।

मनसुनजन्य विपद्बाट १ सय ६३ राष्ट्रिय राजमार्ग प्रभावित

बाढीपहिरो जस्ता मनसुनजन्य विपद्का कारण गएको २४ घण्टामा एक सय ६३ राष्ट्रिय राजमार्गमा प्रभाव परेको छ।

देशैभर बिहानैदेखि हुँदैछ वर्षा, सतर्कता अपनाउन आग्रह

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको भन्दै महाशाखाले मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको बताएको छ।

मनसुनी विपदबाट २४ घण्टामा सात जनाको मृत्यु

मनसुन अवधिमा बाढी, पहिरोलगायतका विपद्मा परी हालसम्म एक सय २० जनाको मृत्यु भइसकेको छ। गत जेठ २८ देखि आजसम्ममा उनीहरुको मृत्यु भएको हो।

‘प्राकृतिक प्रकोपलाई समयमै व्यवस्थापन गर्न नसके थाम्नै नसक्ने संकटमा पुग्छौं’

सङ्घ, प्रदेश र स्थानीय तहले समन्वयका साथ काम नगर्दा नागरिकहरू सरकारप्रति सन्तुष्ट देखिँदैनन्। अब बन्ने नयाँ सरकारले विपद् व्यवस्थापनमा पूर्वतयारी गर्न आवश्यक रहेको विज्ञहरुले सुझाव दिएका छन्।

२४ घण्टामा देशभर पहिरोमा परी १७ जनाको मृत्यु, टिकट काटेर मात्रै यात्रा गर्न सरकारको आग्रह

शुक्रवार सिंहदरबारमा बसेको विपद् सम्बन्धी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सडक विभाग, यातायात व्यवसायी लगायतका सम्बन्धित निकायहरुसँग छलफल भएको हो।

एक सय ५० मिलिमिटरभन्दा बढी पानी परे आपत्कालीन अवस्था लागू गर्न सुझाव

भिरालो र पहिरोको जोखिम भएको जमिनमा २४ घण्टामा एक सय ५० मिलिमिटरभन्दा बढी पानी परेमा आपत्कालीन अवस्था लागू गर्नुपर्ने भूगर्भविद् डा रञ्जनकुमार दाहालले सुझाव दिएका छन्।

देशभर बाढीपहिरोबाट १०१ को मृत्यु

देशमा मनसुन भित्रिएसँगै परेको अविरल वर्षाका कारण आएको बाढीपहिरालगायत विपद्मा परी हालसम्म एक सय एक जनाले ज्यान गुमाएका छन्।

आजबाट मनसुन अझ नेपालतिर सर्ने, ४३ जिल्लामा रेड अलर्ट जारी

मौसम पूर्वानुमान महाशाखाले हाल मनसुन न्यून चापिय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ ( नेपालको दक्षिण भू-भाग/सिमाना आसपास) रहेको र आजरातिबाट उक्त रेखा अझ नेपालतिर सर्ने सम्भावना देखिएको बताएको छ।

३१ दिनमा बाढीपहिरोमा परी ८३ जनाको मृत्यु, १०६ घाइते

अविरल वर्षाका कारण आएको बाढीपहिरो लगायतका विपद्का घटनामा परेर देशभर हालसम्म ८३ जनाको मृत्यु भएको छ।

देशभर बाढीपहिरोले ४१ पुल बगायो, १० करोड बढीको क्षति

अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोलगायत विपद्का घटनामा परेर हालसम्म ७८ जनाले ज्यान गुमाएका छन भने रु १० करोडभन्दा बढीको क्षति भएको छ।

लगातारको वर्षाले कञ्चनपुरका नौवटै स्थानीय तह बाढी र डुबानको चपेटामा

दुई दिनदेखिको वर्षाका कारण कञ्चनपुरमा हालसम्म एक हजार सात सय ५० घर डुबानमा परेका छन्। आइतबार रातिदेखि भीमदत्त, वेदकोट, दोधारा चाँदनी र पुर्नवास नगरपालिका तथा बेल्डाँडी गाउँपालिकाका सयौँ घर डुबानमा परेका छन्।

आजदेखि मनसुनको सक्रियतामा कमी, यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित रहेकोमा आजदेखि न्यून चापिय रेखा क्रमिक रुपमा दक्षिणतिर सर्दै जाने भएकाले नेपालमा मनसुनको सक्रियतामा कमी आउने र वर्षाको मात्रामा पनि कमी आउने सम्भावना रहेको छ।

कोशी ब्यारेजका ५६ वटै ढोका खोलिए, रेड अलर्ट जारी

सप्तकोशीमा पानीको सतहले खतराको तह पार गरेपछि अहिले कोशी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएका छन्।

विपत्बाट पीडितको उद्धार र राहतमा सक्रिय हुन सबै निकायलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले देशभर वर्षाका कारण भइरहेको धनजनको क्षति र नागरिकको उद्धारमा लाग्न सबैलाई निर्देशन दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्