३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

२४ घण्टामा देशभर पहिरोमा परी १७ जनाको मृत्यु, टिकट काटेर मात्रै यात्रा गर्न सरकारको आग्रह

फाइल तस्बिर

विगत २४ घण्टामा नेपालमा पहिरोका कारण १५ जनाको मृत्यु भएको छ।

शुक्रवार सिंहदरबारमा बसेको विपद् सम्बन्धी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सडक विभाग, यातायात व्यवसायी लगायतका सम्बन्धित निकायहरुसँग छलफल भएको हो।

छलफलका क्रममा गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले बिहीवारदेखि शुक्रवार दिउँसोसम्म बाट कास्कीमा ११ जना, म्याग्दी २ जना, चितवनमा १, बागलुङमा १ र मकवानपुर १ जना गरी कुल १७ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको बताए।

साथै काठमाडौंबाट गौर र वीरगञ्जबाट काठमाडौं आउने दुई वटा रात्री बस पहिरोले बगाएको सो बसमा रहेकाहरुको बारेमा खोजि जारी रहेको बताए। उनले बसमा कति सवारी थिए भन्ने यकिन तथ्यांक नभएकाले अहिलेसम्म विवरण प्राप्त हुन नसकेको बताए।  

उनले यातायात व्यवसायी, केन्द्र सरकार र प्रदेश सरकार एवं स्थनीय सरकारले पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन आग्रह गरे।

उनले भने, ‘हिजोदेखि आजसम्म पहिरोबाट कास्कीमा ११ जना, म्याग्दी २ जना, चितवनमा १ जना गरी कुल १५ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ। काठमाडौंबाट गौर र वीरगञ्जबाट काठमाडौं आउने दुई वटा रात्री बस सिमलटारी भन्ने ठाउँमा दुर्घटना भएको छ। ज्यादै दुःखद् घटना भएको छ। यो पूर्वतयारी गर्दागर्दै यति ठूलो भयो। गाडी खस्यो तर कति यात्रु भन्ने कन्फ्युजन भयो। प्रदेश सरकारसँग समन्वय भएर काम गरिरहेका छौँ। जहाँ पूर्वसूचनाको प्रयोग गर्नुपर्ने हो त्यो हामीले अनिवार्य लागू गर्नुपर्छ। टिकट नलिइकन यात्रा गर्न दिनुभएन, यात्रुले पनि गर्नुभएन। ठाउँ ठाउँमा सुरक्षाकर्मीले चेक गर्नुपर्छ।’

प्रकाशित: २८ असार २०८१ १४:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App