आइतबारसम्म देशभर वर्षा, बाढी पहिरोबाट सतर्कता अपनाउन विभागको अनुरोध
शुक्रबार देखि परेको वर्षा आइतबार सम्म पर्ने भएकाले भू क्षय, पहिरो,डुबानको जोखिमबाट सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।
शुक्रबार देखि परेको वर्षा आइतबार सम्म पर्ने भएकाले भू क्षय, पहिरो,डुबानको जोखिमबाट सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।
तामाकोसी नदीमा बाढी आउनुका साथै सतह पार भएका कारण गए राति देखि माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको उत्पादन सहित सबै प्लान्ट बन्द गरिएको छ ।
देशभर मनसुन सुरु भएको छ। मनसुनसँगै हिमाली जिल्ला मनाङमा बाढीपहिराको जोखिम बढ्दै गएको छ। निरन्तरको वर्षासँगै चामे गाउँपालिका–१ तिमाङ खोलाको बहाव बढेर आएको छ।
पहिरोले घर पुरिँदा ज्यान गुमाएका परिवारका सदस्यलाई जिल्ला प्रशासन कार्यालयले आर्थिक सहयोग प्रदान गरेको छ।
बागलुङको गलकोट नगरपालिका–८ काँडेबाँसको बिसौनामा वृद्ध दम्पती घरसहित पहिरोमा पुरिएका छन्।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आजदेखि मनसुन थप सक्रिय हुने जनाएको छ।
मंगलबार मध्यरातदेखि परेको वर्षाले विराटनगर महानगरपालिकाको अधिकांश वडा डुबानमा परेका छन्।
लमजुङमा पहिरोले ३ घर बगाउँदा एकै परिवारका ४ जना बेपत्ता भएका छन्। अन्य एकजना घाइते अवस्थामा फेला परेका छन्।
जिल्लाको इच्छाकामना गाउँपालिकाले बाँझो जग्गामा खेती गर्ने किसानलाई अनुदान दिने भएको छ। गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को बजेटमा नै अनुदानको व्यवस्था गरेको हो।
लगातारको वर्षापछि आएको पहिरोका कारण अवरुद्ध भएको डुम्रे–बेँसीसहर सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ।
गए रातिदेखि भएको निरन्तरको वर्षाले पहिरो खस्दा पुनः डुम्रे–बेँसीसहर सडक अवरुद्ध भएको छ।
पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ।
अविरल वर्षाका कारण बेँसीसहर नगरपालिका वडा नं ६ खरखरेभिरमा ठूलो ढुङ्गासहितको पहिरो खसेपछि सडक अवरुद्ध भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
मध्य अमेरिकी मुलुक एल साल्भाडोर र ग्वाटेमालामा भारी वर्षा पछि आएको बाढी र पहिरोका कारण १३ जनाको मृत्यु भएको छ।
पछिल्लो समय जताततै डोजरको प्रयोगले हुने विकासले बाढीपहिरो र भूक्षयको जोखिम बढिरहेको छ। विगत १० वर्षयताको तथ्याङ्क हेर्दा एक सय सातवटा पहिरोबाट १६ जनाको ज्यान गएको छभने १९ जना बेपत्ता छन्।