१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

विराटनगर महानगरपालिकाको अधिकांश क्षेत्र डुबानमा (फोटो फिचर)

तस्बिर:चुमन बस्नेत

मंगलबार मध्यरातदेखि परेको वर्षाले विराटनगर महानगरपालिकाको अधिकांश वडा डुबानमा परेका छन्। 

रातीदेखिको अविरल वर्षाले महानगरपालिकाको १, २, ३, ४, ५, ६, ८, ११, १२, १४ र १९ नम्बर वडा अन्य वडाभन्दा बढी प्रभावितभएको महानगरपालिकाले जनाएको छ।अविरल वर्षाले मुख्य राजमार्ग, भित्री सडकहरू जलमग्न हुनुका साथै घर डुबानमा परेका छन्।

वर्षाले जलमग्न भएपछि महानगरपालिकाका अधिकांश निजी र  सामुदायिक विद्यालय बन्द गरिएको छ। ४ नम्बर वडाको बस्ता खोलाको बाढी विराटनगर विमानस्थलको रन वे मा बाढी पसेपछि कुनै पनि जहाज अवतरण भएका छैनन्। रन वेको पानी हटाउने कार्य भइरहेको र पानी हटेर सहज स्थिति भए जहाज उडान हुने विमानस्थलका प्रवक्ता युवराज भण्डारीले जानकारी दिए। 

महानगरपालिकाकी सूचना अधिकारी अनिता न्यौपानेका अनुसार नगर क्षेत्रभित्र कति घर परिवार डुबानका कारण विस्थापित भएको र डुबानले कति क्षति भयो भन्ने विवरण प्राप्त नभएको बताइन्।उनले विस्थापितहरूलाई उद्धार गरेर सुरक्षित स्थानमा सार्ने काम भइरहेको र विवरण संकलन गर्ने काम पनि भइरहेको बताइएकी हुन्। 

महानगरपालिकाको बखरी, दरैया, गौशाला, सरदार टोलका बासिन्दा विस्थापित भएका छन्। उनीहरुलाई नजिकैको विद्यालयमा राखिएको छ । नगर प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरीले उद्धार गरेका छन्। 

प्रकाशित: १२ असार २०८१ १६:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App