५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

पहिरोका कारण अवरुद्ध डुम्रे–बेँसीसहर सडक एकतर्फी सञ्चालनमा

लगातारको वर्षापछि आएको पहिरोका कारण अवरुद्ध भएको डुम्रे–बेँसीसहर सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ।

बेँसीसहर नगरपालिका–१ उदिपुर दलालमा लेदोसहितको पहिरो जाँदा आज बिहान ६ बजेदेखि सडक अवरुद्ध भएको थियो।

सडक खुलाउन बिहानैदेखी सुरक्षाकर्मीको टोली परिचालन भए पनि  निरन्तर पानी परिरहेकाले सडक खुलाउन ढिलाई भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चापागाईंले बताए।

सडक अवरुद्ध हुँदा सवारीसाधन तथा यात्रु अलपत्र परेका थिए। सडक एकतर्फी खुलेसगै बेँसीसहरबाट काठमाडौं, पोखरा, चितवनलगायतका स्थानमा जाने यात्रु र सो स्थानबाट बेँसीसहर र बेँसीसहर हुँदै हिमाली जिल्ला मनाङ जाने यात्रु आफ्नो गन्तव्यतर्फ लागेका छन्। 

प्रकाशित: ९ असार २०८१ १०:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App