१३ कार्तिक २०८३ शुक्रबार
image/svg+xml

मन्त्रालयले भन्यो : गोविन्द केसीसँग भएका सहमति कार्यान्वयन गर्दै शिक्षा सुधारमा अघि बढ्यौँ

शिक्षा तथा खेलकुद मन्त्रालयले प्रा. डा. गोविन्द केसीसँग विभिन्न समयमा भएका सहमति कार्यान्वयन गर्दै चिकित्सा शिक्षा सुधारका काम अघि बढिरहेको जनाएको छ।

न्यायाधीश र प्रधानमन्त्रीलाई जोडेर सार्वजनिक भएको च्याटबारे जेनजी अभियन्ता माजिदले उठाए आठ प्रश्न

जेनजी अभियन्ता माजिद अन्सारीले सर्वोच्च अदालतका न्यायाधीशहरूसहित प्रतिनिधिसभा सदस्य विश्वराज पोखरेलको प्रेस विज्ञप्ति र सार्वजनिक भएको भनिएको च्याट सन्देशलाई लिएर आठवटा गम्भीर प्रश्न उठाएका छन्।

प्रहरीको ‘स्वीप अपरेसन’ : काठमाडौं उपत्यकाबाट १५ महिलासहित ९७ जना पक्राउ

पक्राउ पर्नेमा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका १६ जना कसुरदार रहेका छन्।

इरान युद्धको योजना बनाउने शीर्ष अमेरिकी सैन्य अधिकारी बर्खास्त

पेन्टागनका प्रवक्ता सीन पार्नेलले अनुसन्धानपछि गोप्य सूचना सुरक्षित राख्न कर्मचारीमाथि कारबाही गरिएको बताएका छन्। तर उनले सिल्भियाको नाम भने लिएका छैनन्।

सहकारीको सकस: बचत फिर्ता नहुँदा तनावमा बचतकर्ता

बचतकर्ताले सहकारीमा जम्मा गरेको बचत फिर्ता गर्ने सरकारी प्रतिबद्धताअनुसार काम हुन सकेको छैन।

बारले भन्यो : अपुष्ट सूचना र अनुमानका आधारमा निष्कर्षमा पुग्नु हुँदैन

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश र न्यायाधीशलाई जोडेर अपुष्ट सूचना र अनुमानका आधारमा समाचार सम्प्रेषण भएकाप्रति ध्यानाकर्षण भएको जनाएको छ।

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

ट्रेकिङ एजेन्सी, पदयात्री तथा पथप्रदर्शकलगायत सम्पूर्ण सरोकार भएका निकायका प्रतिनिधिले मातहतका पर्यटकलाई सूचित गरिदिन पनि प्रशासनले आग्रह गरेको छ।

आईजीपी कार्कीमाथि राजीनामाको दबाबबारे के भन्छ प्रहरी प्रधान कार्यालय ?

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेले जारी गरेको विज्ञप्तिमा समाचार प्रकाशन तथा प्रसारण गर्नुअघि सम्बन्धित निकायबाट तथ्य पुष्टि गर्न सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई अनुरोध गरिएको छ।

कांग्रेसले ‘तयार छौँ’ अभियान सञ्चालन गर्ने

नेपाली कांग्रेसले महाधिवेशनबाट पारित नीति तथा कार्यक्रम नागरिकसम्म पुर्याउन आगामी मङ्सिर महिनाभर ‘तयार छौँ’ अभियान सञ्चालन गर्ने भएको छ।

तिहारलक्षित सयपत्री फूलखेतीमा जमेका विष्ट

तिहारलाई लक्षित गर्दै बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले पाँच कट्ठामा सयपत्री फूलको व्यावसायिक खेती गरेका छन्।

स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालनमा

भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड गाउँपालिकाका विभिन्न वडालाई जोड्ने काठेपुल सञ्चालनमा आएका छन्।

मिठाई पसललाई उपभोग्य मिति र मूल्य खुलाउन निर्देशन

अनुगमनका क्रममा कार्यालयले मिठाई व्यवसायीलाई खाद्य स्वच्छतासम्बन्धी मापदण्ड पालना गर्न निर्देशन दिएको छ।

चक्रवात ‘अर्नब’ को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव हिजोदेखि देशका विभिन्न भागमा परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्