२० आश्विन २०८१ आइतबार
image/svg+xml

नेपालथोक–खुर्कोट सडकखण्ड सञ्चालनमा

अवरुद्ध बिपी राजमार्गको नेपालथोक–खुर्कोट सडकखण्ड आइतबार साँझदेखि सञ्चालनमा आएको छ । सुनकोशी गाउँपालिका–३ कमेरेफाँटको पहिरो पन्छाउनुका साथै वडा नम्बर ७ कानढुङ्ग्रीमा अस्थाई डाइभर्सन निर्माण गरेपछि उक्त सडकखण्डमा सवारीसाधन चल्न थालेका हुन् ।

नेपालले ओमानसँग खेल्दै

क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज आइतबार ओमानसँग खेल्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने उक्त खेल नेपाली समयअनुसार राति ९ः४५ बजेदेखि सुरु हुनेछ ।

दुई दिनमा हेलिकप्टरबाट ११८ जनाको उद्धार

गृह मन्त्रालयले शनिबार र आइतबार बिहान (हाल सम्म) नेपाली सेनाको हेलिकप्टरबाट बाढी, पहिरो, डुबान तथा प्राकृतिक जोखिममा परेको ११८ जनाको सकुशल उद्धार गरेको छ।

नेपाल स्रष्टा समाजको अध्यक्षमा पुनः श्रीओम श्रेष्ठ रोदन निर्विराेध निर्वाचित

नेपाल स्रष्टा समाजको अध्यक्षमा श्रीओम श्रेष्ठ रोदन निर्विरोध निर्वाचित भएका छन्। समाजको सम्पन्न अठाराैं साधारण सभा तथा दशाैं अधिवेशनबाट वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ निर्वाचित भएका हुन्।

महोत्तरीमा बाढीले बगाएका बालक मृत अवस्थामा फेला

महोत्तरीको गौशाला नगरपालिका ८ कुस्मा दीमा सोनी नदीले बगाएका स्थानीय १६ वर्षीय रोहित साह मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौं उपत्यकामा २३ जनाको मृत्यु, साधन बिना उद्धारमा प्रहरी

एसएसपी घिमिरेका अनुसार प्रहरीले सीमित स्रोतसाधनका बाबजुद उद्धार कार्य गरिरहेको छ । ‘हामीसँग जम्मा दुई वटा मात्रै डुङ्गा छ । ती डुङ्गा,डोरी, टायर र लाइफ ज्याकेटको मद्दतले उद्धार गर्नुपरिरहेको छ,’ उनले भने, ‘जे सुकै भए पनि हाम्रो टोलीले हरेस नखाएर जोखिम मोल्दै काम गरिरहेको छ ।’

नेपाल-भारतबिच परियोजना निर्माणमा सम्झौता

भारत सरकारको अनुदान सहयोगमा नेपालका शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी र संस्कृतिका क्षेत्रमा कार्यान्वयन हुने १२ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाका लागि समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ।

पाथीभरा केबलकारमा सत प्रतिशत स्थानीयहरुलाई रोजगारी दिन्छौंः अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ताप्लेजुङ पाथीभरा केबलकारमा सत प्रतिशत स्थानीयहरुलाई रोजगारी दिने बताएका छन् ।

निर्वाचनमा पराजित पदाधिकारीलाई समेट्न विभागीय संरचनाको जिम्मेवारी दिइने

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले निर्वाचनमा पराजित भएका पूर्वपदाधिकारीलाई महत्वपूर्ण जिम्मेवारी दिने भएको छ । पार्टी सङ्गठनलाई थप एकता र सुदृढ गर्न निर्वाचनमा पराजित पदाधिकारीलाई समेट्न कुनै भूमिका तथा जिम्मेवारी दिन लागिएको हो ।

सर्वोच्च अदालतको न्यायाधीश सिफारिसमा आर्थिक चलखेल भयोः बार अध्यक्ष घिमिरे

शुक्रबार न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा दुई जनालाई सिफारिस गरेको केही घण्टापछि काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष घिमिरेले उक्त आरोप लगाएका हुन् ।

वैदेशिक लगानीलाई प्रवर्द्धन गर्न लगानी बोर्डलाई अधिकार सम्पन्न बनाउन आवश्यक: प्रमुख कार्यकारी अधिकृत ज्ञवाली

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले वैदेशिक लगानीलाई एकद्वार प्रणालीमार्फत प्रवर्द्धन गर्न लगानी बोर्डलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताएका छन् ।

जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न नेपाललाई बाह्य वित्तीय स्रोत आवश्यक छ: गभर्नर अधिकारी

नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न नेपाललाई बाह्य वित्तीय स्रोत आवश्यक रहेको बताएका छन् ।

एएफसी यू–२० एसियन कप : नेपाल बहराइनसँग पराजित

नेपाल एएफसी यू–२० एसियन कप २०२५ छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा बहराइनसँग पराजित भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्