१३ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

नेपाल स्रष्टा समाजको अध्यक्षमा पुनः श्रीओम श्रेष्ठ रोदन निर्विराेध निर्वाचित

नेपाल स्रष्टा समाजको अध्यक्षमा श्रीओम श्रेष्ठ रोदन निर्विरोध निर्वाचित भएका छन्। समाजको सम्पन्न अठाराैं साधारण सभा तथा दशाैं अधिवेशनबाट वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ निर्वाचित भएका हुन्।

नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति, कवि वैरागी काइँलाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनले रोदनको नेतृत्वमा २ वर्षको निम्ति उपाध्यक्ष डा. षडानन्द कंडेल, महासचिव देविका तिमिल्सिना, कोषाध्यक्ष तारा सुवेदी, सचिव प्रकाश घायल र सदस्यहरूमा मधु पाठक, माधव विडारी, रञ्जना निरौला, डा. शान्तिमाया गिरी निर्विरोध निर्वाचित भए।

नेपाल प्रज्ञाप्रतिष्ठानमा हुने उक्त सभा एवं अधिवेशनको पानसमा द्धिप प्रज्ज्वलित गरी वैरागी काइँलाले नेपाली साहित्यको उत्थान र विकासमा धेरै काम गरेको भन्दै समाजले विदेशमा साहित्यिक र संस्कृतिको सम्बन्ध मजबुद बनाउन लागिपरेकोमा खुशी व्यक्त गरे।

समाजले गैह्र सरकारी स्तरबाट  खुला सत्रमा नेपाल बंगलादेश फ्रेन्डसिप सोसाइटीका अध्यक्ष लायन मसुर मोहमदले दुई देशको भाषा साहित्यमा अनुभवको आदानप्रदान सहित भाषा साहित्यमा सहकार्य भैरहेको बताउँदै बंगलादेशमा हमेशा नेपाली साहित्यकारहरूको स्वागतार्थ तत्पर रहेको बताउँदै अधिवेशनको पूर्ण सफलताको शुभकामना व्यक्त गरे।

अर्का अतिथि वरिष्ठ साहित्यिक पत्रकार एवं साहित्यकारद्वय तथा समाजका सल्लाहकार रोचक घिमिरे र नगेन्द्र राज शर्माले शुभकामना मन्तव्य राखेका थिए।

यसैगरी पूर्व बंगलादेशका राजदुत तथा अनुवादक एवं लेखक मसुद मननले नेपाल र बंगलादेशबिच भएको धार्मिक,साँस्कृतिक,भाषा साहित्यको बिचमा समानता रहेको धारणा राख्दै अधिवेशनको भव्य सफलताको निम्ति शुभकामना व्यक्त गरे।

भारत, बंगलादेश,चीन लगायतका छिमेक्री मुलुकहरूबिच साहित्यिक भ्रमणसँगै आदानप्रदान भैरहेको कार्यको निम्ति उनले प्रशंसा व्यक्त गरे।

बंगलादेश दुताबासका प्रथम सचिव हुमायुन कबिरले शुभकामना व्यक्त गरे भने चिनियाँ साँस्कृतिक केन्द्रले पठाएको लिखित शुभकामना मन्तव्य वाचन गरेर सुनाइएको थियो।

समाजका उपाध्यक्ष चेतनाथ कंडेलले स्वागत मन्तव्य व्यक्त गरेको उद्घाटन सत्रको अध्यक्षता संस्थाका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले गरेका थिए भने सञ्चालन महासचिव देविका तिमिल्सिनाले गरेका थिए।

बन्द सत्रले महासचिवको प्रगति प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको थियो भने विधान संशाेधन समितिले पेश गरेको संशाेधन प्रस्ताव समेत पास गरेको थियो।

बन्द सत्रमा निर्वाचन समितिका संयोजक पवन आलोक, सदस्य विधान आचार्य र प्राडा लक्ष्मणप्रसाद गौतम रहेका थिए।

निर्विरोध निर्वाचित पदाधिकारी एवं सदस्यहरूलाई निर्वाचन समिति संयोजकले प्रमाणपत्र वितरण गरी सपथ ग्रहण गराएका थिए।

प्रकाशित: १३ आश्विन २०८१ ०७:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App