२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

आज ४२ औं बिपी स्मृति दिवस

प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४२औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

दुई तिहाई बहुमतनजिक ओली सरकार !

नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहकार्यअन्तर्गत बनेको सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभामा विश्वासको मतका लागि प्रस्ताव राख्ने भएका छन्।

किशोरीको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सुरक्षित गर्न माग

महिला तथा किशोरीको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सुनिश्चित गर्न माग गरिएको छ । संविधान प्रदत्त सो अधिकार सुनिश्चित गर्न राज्यले नयाँ नीति बनाउन र यसलाई कार्यान्वयन गर्न माग गरिएको छ।

सेनाद्वारा एक हजार चार सय किलोमिटर सडक निर्माण

नेपाली सेनाले हालसम्म मुलुकका विभिन्न ठाउँमा एक हजार चार सय ११ किलोमिटर सडक ट्र्याक खोल्ने कार्य पूरा गरेको छ।

निजी क्षेत्रको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध छ : अर्थमन्त्री

उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन । अर्थ मन्त्रालयमा शुक्रबार नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त अर्थमन्त्री पौडेललाई बधाई तथा शुभकामना दिने क्रममा उनले निजी क्षेत्रको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन ।

बाह्रै महिना विद्युत् उपलब्ध हुनेगरी प्राधिकरणले उत्पादन बढाउनुपर्छ : मन्त्री खड्का

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाह्रै महिना देशभर विद्युत् उपलब्ध हुनेगरी प्राधिकरणले उत्पादन बढाउनुपर्ने बताएका छन् ।

१५ औँ महाधिवेशन समयमै हुनेमा नेता कोइरालाको आशङ्का

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले १५ औँ महाधिवेशन समयमै हुनेमा आशङ्का व्यक्त गरेका छन्।

एसिया कप वुमेन्सः पहिलो खेलमै नेपालसँग इतिहास रच्ने अवसर

नेपाली राष्ट्रिय टोलीका निवर्तमान कप्तान रुबिना क्षेत्री यस्तै भन्छिन्। ‘टेस्ट राष्ट्रसँग खेल्ने अवसर पाएका छौं। मैले र सीता (रानामगर)ले यी राष्ट्रका खेलाडीसँग खेलेका पनि छौं। त्यसैले अलिकति सहज हुन सक्छ। जे होस् यी राष्ट्रसँग खेल्दा ठूलो प्रतियोगितामा सहभागिता जनाउन तयारी हुनेछ,’ उनी भन्छन्।

विसङ्गत विदेश

म अहिले अमेरिकाको न्युयोर्कमा छु। साँच्चै भन्नु पर्दा मलाई यो सहरको सबैभन्दा राम्रो र बस्नलायक ठाउँ कुइन्स लाग्छ।

एसिया कप वुमेन्सः नेपाल शुक्रबार यूएईसँग भिड्दै

एसियन क्रिकेट काउन्सिल (एसिसी) ले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले आफ्नो पहिलो खेलमा यूएईसँग प्रतिस्पर्धा गर्नेछ।

काभा महिला च्याम्पियनसिपः ‘डेब्यु प्रतियोगिता’ मै नेपालको उपाधि लक्ष्य

नेपालले आज सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० महिला च्याम्पियनसिपमा आज पहिलो खेल खेल्दैछ। नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकाको सामना गर्न लागेको हो।

पर्यटन बोर्ड प्रमुखविहीन हुँदा नियमित कामकाजसँगै बजेट समेत प्रभावित

नेपाल पर्यटन बोर्ड करिब पाँच महिनादेखि कार्यकारी प्रमुखविहीन छ। गत माघ १५ गते पूर्व प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीको कार्यकाल सकिएर बाहिरिएपछि बोर्ड नेतृत्वविहीन भएको हो।

मेनुका र शिव परियारलाई छिन्नलता पुरस्कार

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली साहित्य तथा कला क्षेत्रमा योगदान पुर्‍याएका सर्जक तथा कलाकर्मीलाई छिन्नलता पुरस्कार प्रदान गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्