१५ असार २०८१ शनिबार
image/svg+xml

प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । बैठकमा जारी विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकहरुमाथि जारी मन्त्रालयगत छलफलमा सांसदहरुले आफ्ना धारणा व्यक्त गर्ने क्रम समाप्त भएको छ ।

मन्त्रीहरूलाई खल्तीमा राजीनामा लिएर नहिड्न सांसद झाको आग्रह

जनता समाजवादी पार्टीकी सांसद रञ्जुकुमारी झाले मन्त्रीहरूलाई खल्तीमा राजीनामा लिएर नहिड्न आग्रह गरेकी छिन्।

संसद् भवनमा मदिरा बार राख्न सांसद् बजगाईंको प्रस्ताव

नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले निर्माणाधीन संघीय संसद् भवनमा मदिरा पाइने बार पनि बनाउनुपर्ने प्रस्ताव राखेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा रोस्टममा उभिएर बोल्दै सांसद बजगाईंले विदेशी संसद परिसरमा बार हुने उदाहरण दिँदै नेपालमा पनि बनाउनुपर्ने प्रस्ताव राखेका हुन् ।

संसदको शुन्य समयमा बोल्दै सांसदहरु

सांसदहरुले मनसुनभित्रिएसँगै बाढी पहिरो रोकथाम र जोखिम रहेका बस्तीहरुलाई स्तान्तरण गर्ने सरकारको योजना बारेमा जानकारी दिन माग गरेका छन्।

प्रतिनिधिसभाको बैठक दिउँसो दुई बजे बस्ने

प्रतिनिधिसभाको बैठक दिउँसो दुई बजे बस्ने भएको छ। आज बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो दुई बजेलाई सारिएको संसद् सचिवालयले जानकारी दिएको छ।

दलीय सहमति नजुट्दा प्रतिनिधि सभाको बैठक सर्‍यो

दलीय सहमति नजुट्दा प्रतिनिधि सभाको बैठक सरेको छ। बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर दिउँसो २ बजेका लागि सारिएको हो।

प्रतिनिधि सभाको बैठक स्थगित गर्न विपक्षी दलहरुको माग

सभामुख देवराज घिमिरे एक घण्टादेखि दलका प्रमुख सचेतकहरूसँगको छलफलमा छन्। उक्त छलफलमा प्रतिनिधि सभाको बैठक स्थगित गर्न विपक्षी दलहरूले माग गरेको सभामुखको सचिवालयले जनाएको छ।

प्रतिनिधि सभा बैठक अझै सुरु भएन

प्रतिनिधि सभाको बैठक अझै सुरु हुन सकेको छैन। संसद सचिवालयले दिउँसो चार बजे बैठक बस्ने भनिए पनि पाँच बजिसक्दा समेत संसद बैठक सुरु भएको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्