चितवनमा रेलमार्ग सर्भे गर्न गएको टोलीको गाडीमा आगजनी, कर्मचारी प्रहरी सुरक्षामा
चितवनमा रेलमार्गको सर्भे गर्न गएका टोलीको गाडीमा स्थानीयले आगजनी गरेका छन्।
चितवनमा रेलमार्गको सर्भे गर्न गएका टोलीको गाडीमा स्थानीयले आगजनी गरेका छन्।
चितवनमा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी एक सय १५ जनाको मृत्यु भएको छ।
नारागणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट पहिरोसँगै खसेर बेपत्ता भएको बस र यात्रुको खोजीका क्रममा सीमावर्ती भारतीय जिल्लासँग समन्वय सुरु भएको छ।
चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये १५ जनाको शव भेटिएको छ।
सशस्त्र प्रहरी बलको कुरिनटारस्थित बेस क्याम्पका विपद् उद्धारका सबैभन्दा दक्ष ९० सहित १६७ जनाभन्दा बढी सशस्त्र प्रहरी परिचालन गरिएको छ भने नेपाली सेनाले पनि उत्तिकै संख्यामा उद्धारकर्मी परिचालन गरेको छ।
फेला परेका शव मध्ये पाँचजनाको सनाखत भइसकेको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ।
शुक्रवार र शनिवार दिनभरको प्रयासपछि पनि बस फेला नपर्दा आजबाट ठूलो चुम्बकको प्रयोग गरेर बस खोज्ने प्रयास भइरहेको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी शर्माले बताए।
पौडिएर नदीको किनारामा निस्केका यादव किनारा छेउतिरको झार समाउँदै सडकसम्म आइपुगे। यादव आफू पौडिएर बाँचे पनि आफ्ना परिवारका अन्य सदस्यहरू अझै बेपत्ता रहेको बताउँछन्।
दुर्घटनामा सुरज गुप्ताका ५५ वर्षीय बुबा परशुराम साह, ५२ वर्षीया आमा मिना देवी, २६ वर्षीया दिदी रिन्कु देवी र २८ वर्षीय ज्वाइँ निरज साह बेपत्ता छन्।
त्रिशुली नदीमा दुईवटा बस बेपत्ता भएपछि रौतहट र वीरगञ्जमा त्रास उत्पन्न भएको छ।
चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोलामा आज बिहान पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।
असार महिना सकिनै लाग्दा यहाँका किसान रोपार खोज्नमा व्यस्त छन्। यहाँ व्यावसायिक रूपमा कृषिकर्म गर्दै आएका किसान अहिले रोपार खोजी गर्दै हिँड्नुपर्ने अवस्था छ।
निरन्तर परेको वर्षाको कारण नारायणगढ बुटवल सडक खण्ड विस्तारको काम ठप्प भएको छ।
जवरजस्ती करणी, बलत्कार, हत्या, बाल यौन दुव्र्यबहार, बहु बिबाह, मानव बेचबिखन जस्ता कार्यहरु अझै घट्न सकेका छैनन्।
नारायणी नदीमा गरिएको तटबन्धको कामको रु एक अर्ब तीन करोड भुक्तानी हुन सकेको छैन। गत साउनखेखि भएको कामको भुक्तानी हुन नसक्दा निर्माण कम्पनीले कामलाई तीव्रता दिन पाएका छैनन्।